
मकुन्डाडा ,हर्मी
गए बैशाखमा आएको असिनाका कारण यस बर्ष हर्मीको ब्यवसायिक सुन्तला खेति नराम्ररी प्रभावित भएको छ ।
असिनाले फूलहरु झारे पछि सुन्तला उत्पादनमा झन्डै ८० प्रतिसतले कमि आएको कृषकहरु बताउँछन् ।राम्रो फल लागेका बेला ७० ८० हजार सम्म आम्दानी गर्ने मान्छे यस पालि भने १५ २० हजार मै चित्त बुझाउन बाध्य छु हर्मीका अगुवा सुन्तला कृषक इश्माईल दिन मियाँले दुखेसो पोख्दै भने । असिनाले सुन्तला खेति प्रभावित भए पछि सबै जना मिलेर जिल्ला कृषिमा क्षति पूर्तिको लागी पहल गरे पनि अहिले सम्म सरकारी तर्फबाट फोस्रो आश्वशन बाहेक केहि पनि नपाएको कृषकहरुको गुनासो छ । निवेदन दिए पछि सरकारी तर्फबाट अनुगमन गर्न समेत कोहि पनि नआएको कृषकहरु बताउँछन् ।
स्मरण रहोस् हर्मीको मकुन्डाडा पात्लेपानी र बयापानी क्षुेत्रमा ब्यसायिकरुपमा बषौ अघि देखि सुन्तला खेति गरिदै आएको छ जहाँ लगभग ८ देखि १० हजार सुन्तलाका बोटहरु छन् । सिजनका बेला यस क्षेत्रमा फल्ने ज्यादै नै मिठो र रसिलो सुन्तला खरिद गर्न टाडा टाडा देखि ठेकेदारहरु आएर डुम्रे पोखरा काठमाडौ सम्म पुर्याउने गरेका छन् । असिनाका कारण उत्पादनमा कमि आए पछि यो सिजनमा गाउँमा ठेकेदारको मुखै सम्म देख्न नपाइने अवस्था आएकाले बर्षेनि सुन्तला बेचेर लाखौ रुपैयाँ कमाई गरिरहेका कृषकहरु सुन्तलाको बोट हेदै रित्तो हात बस्न बाध्य छन् ।
No comments:
Post a Comment