असोज ३१
हर्मी र आँपपिपल गाविसका बुढाबुढी, एकल, महिला र अपाङ्गहरुले यस आर्थिक बर्षको सामाजिक सुरक्षा अन्तर्गतको भत्ता पाएका छन् । अन्य गाविसले सामाजिक सुरक्षाको कुनैपनि भत्ता वितरण गर्न नसकेको अवस्थामा पहिलोपटक सो २ गाविसमा भत्ता वितरण गरिएको हो । गाउँबाहिर रहेका लगभग ५ प्रतिशतलाई भत्ता वितरण गर्न बाँकी रहेको गाविस सचिव रामचन्द्र मरहट्टाले जानकारी दिनुभएको छ ।
दुवै गाविसमा गरि १६ लाख रुपैयाँ भत्ता वितरण गरिएको र ६४ हजार रुपियाँ वितरण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । समयमा रकम निकासा नभएका कारण गोरखाका अन्य गाविसमा भने सामाजिक सुरक्षाको भत्ता वितरण गर्न नसकिएको गाविस सचिवहरुले बताएका छन् । जिल्ला विकास समितिले दशैपछि मात्र खातामा रकम जम्मा गरिदिएका कारण तिहारअघि वितरण गर्न समस्या भएको उनीहरुले बताएका छन् ।
यसैविच आँपपिपल गाविस वडा नंबर ३ घर भएका पुर्व स्वास्थ्य सहायक मन्त्री विद्यादेवी देवकोटाले आफुले पाएको भत्ता गाउँकै जनता उच्च माविका गरीब तथा दलित विद्यार्थीहरुलाई छात्रबृत्तिको लागी प्रदान गर्नुभएको छ । उहाँले अहिले ७ हजार रुपैयाँ विद्यालयलाई प्रदान गर्नुभएको र आगामी बर्षहरुमा प्राप्त गर्ने भत्ता पनि सोही विद्यालयलाई प्रदान गर्ने गाविस सचिव मरहट्टाले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment