Saturday, October 17, 2009

दिपावलीको अबसरमा फुटबल प्रतियोगीता

हर्मी ,असोज ३१ , शुभ दिपावलीको अबसरमा नव विहानी युवा क्लब हर्मी भन्ज्याङको आयोजनामा क्लब स्तरिय फुटबल प्रतियोगीता सम्पन्न भएको छ ।

हर्मी र आसपासका गाविसका पाचँ टिमको सहभागीता रहेको सो प्रतियोगीता चित्रे पोखरी युवा क्लब छोप्राकले प्रथम स्थान हासिल गर्यो । त्यसै गरि नमूना युवा क्लव कैचलपानी हर्मीले दोस्रो स्थान हासिल गर्यो भने आयोजक नव विहानीले तस्रो स्थानमा चित्त बुझाउनु पर्यो । विज्ञान प्राविको भर्खरै बनेको खेल मैदानमा आयोजित सो प्रतियोगितामा नवलपुर युवा क्लव खमारी युवा क्लवले पनि भाग लिएका थिए । खेल सकिए पछि खमारीका युवा क्लवका खेलाडीले हुल दङगा गर्न खाजे पनि आयोजकले सम्यमता अपनाएकाले घटनाले खासै ठूलोरुप लिन पाएन ।


No comments:

Post a Comment