Tuesday, October 27, 2009

हर्मीकोटको पुरातात्विक संरचना विगारेर मोबाइल टावर

पर्खाल फोरेर बेश ढलान गरिएको ठाउँ
फोटो: विकाश ढकाल
हर्मीकोट ,
एतिहासिक एंव पुरातात्विक दृष्टिकोणले अतिमै महत्वपूर्ण रुपमा लिइने गरेको हर्मीकोटको पुरानो संरचना विग्रने गरि नेपाल टेलिकमले मोबाईल टावर बनाउने काम शुरु गरेको छ ।

टेलिकमले हर्मीककोटको किल्लामा रहेका पर्खालहरु भत्काई ठूलो खाडल खनेर बेश ढलान गरि सक्दा पनि हर्मीकोटको संरक्षणका खातिर कसैले आवाज उठाएका छैनन् । हाल बेश ढलान गरेर छाडिएको स्थानमा छिटैनै टेलिकमले टावर जडान गर्न लागेको बुझिएको छ । यति हुदा सम्म कसैको यस्तो कार्य प्रति ध्यान जान सकेको छैन । यदि यहि ठाउँमा टावर बनेमा हर्मीकोटको पुरातात्विक संरचना नष्ट हुने निश्चित प्राय छ ।

स्थानिय बासिन्दालाई यो कुरा अबगतै नभएर हो या एतिहासिकताको महत्व नबुझेर हो सबै जना मौन छन् । हर्मीकोटको सरक्षणको लागी छिटैनै कुनै अभियान नथालिए यसको एतिहासिक र पुरातत्विक महत्व समाप्त हुने पक्का छ ।

No comments:

Post a Comment