Wednesday, October 28, 2009

सहकारी पसल खुले पछि जनतालाई राहात

सहकारी पसलमा सरसामान किन्न आएका कृष्ण दानकुटि/फोटो :बिकाश

हर्मी ,नेपाल सरकारले गत वर्षको केन्द्रिय बजेटमा अबलम्बन गरको घर घरमा भकारी गाउँ गाउँमा सहकारी निति अन्तर्गत हर्मीमा स्थापना भएको सहकारी पसलले जनताहरुलाई सूपथ मूल्यमा दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउन थालेको छ ।


सरकारले पसल संचालन गर्न इच्छुक सहकारी स्स्थालाई एक लकख रुपैया दिने भए पछि गाउँ गाउँमा सहकारी सूपथ मूल्य पसल खाल्ने लहर नै चलेको छ । गोरखा जिल्लामा हाल लगभग ६५ गाविसमा उस्ता सहकारी पसलहरु संचालनमा आएका छन् । अन्य पसलमा भन्दा सहकारीले संचालन गरेका सूपथ मूल्य पसलहरुलमा निकै सूतोमा माल सामान किन्न पाए पछि जनताहरु त्यस तर्फ आकर्षित भएका हुन् ।

हर्मीमा भने हर्मी जागरण सहकारी सस्थाले हर्मी भन्ज्याङमा असोज पाँच गतेकाट सूपथ मूल्य पसल संचालनमा ल्याएको हो । जहाँ जनताहरुले दैनिक उपभोग्य सामाग्रीहरु सुलभ मूल्यमा खरिद गर्न पाएका छन् । सूपथ मूल्यमा पसलमा चिनि नून तेल चामल आलु लगायतका उपभोग्य सामाग्री पसुमा भन्ला सस्तोमा बैच्ने गरिएको छ ।

अरु साधारण पसलमा चिनि ७० रुपैयाँ किलो छ भने यहाँ हामीले ६२ स्पैयामा दिएका छौ त्यहि भएर नै हाम्रो पसलमा सधै भिड भाड हुने गर्छ सहकारी पसलका कर्मचारी दूर्गा ढकालले भने । यसरी एउटै समानमा ८ स्पैया सम्मको अन्तर पाइए पछि जनताहरुको पहिलो रोजाई सहकारी पसल नै हुन थालेको छ । सरसामान किन्न आएका कृष्ण दानकुटिलाई हकारी पसलमा हामीले सहकारी पसलले तपाईलाई के फाईदा पुगेको छ भन्ने प्रह्न राख्दा उनले भने यहाँबाट मैले चामल लएर खाई सस्तो पनि थियो र भात पनि मिठो भयो । यसरी सहकारी पसलको स्थापनाले गर्दा कृष्ण दानकुटि जस्ता धेरै जनताहरुले सस्तो मूल्यमा गुणस्तरिय सामानहरु उपभोग गर्न पाएका छन् । सहकारी पसलमा हाताहाति नगद कारेिबार मात्र हुने भएकाले उदारो किन्नेहरु भने अन्यत्रै जान विवश छन् ।

त्यसै गरि सहकारी सहकारी पसुमा शेयर राख्ने क्रम पनि बढेर गएको छ । हर्मीका अधिकाशं सहकारी र समूहहरुले यस सहकारीमा हेयर हालेकाले पनि सहकारीको प्रभाबकारीता बढेर गएको हो । जनताहरुलाई आफ्नै पसल हो भन्ने आभास दिलाउन पनि सके सम्म धेरै शेयर बिकि्र गर्ने लक्ष्य लिइएको हर्मी जागरण सहकारीका अध्यक्ष इन्द्र ब ढकालले आवर हर्मीलाई जानकारी दिएका छन् ।

No comments:

Post a Comment