हर्मी ,भाद्र २० ,
शुभ विजया दशमीको उपलक्ष्यमा महा अष्टमीको दिन हर्मी भन्ज्याङ्गमा स्रष्टा र सृजना एउटा पूर्ण साहित्यिक जमघटको आयोजना गरिने भएको छ । हर्मीका सृजनशिल युवाहरुको जमात कि्यटिभ डिलाइट्ले विगतका बर्षहरुमा जस्तै सृजनशिल किसिमले दशै मनाउने उदेश्यले यस्तो कार्यक्रम गर्न लागेका हुन् । सो कार्यक्रममा गजल र कविता प्रयियोगिताको आयोजना गर्ने तथा छुटै अप्रतियोगी रचनाहरु बाचन गरि सष्टा र सृजनालाई एउटा पूर्ण साहित्यिक बसाई बनाउने आयोजकको सुरसार छ । साथै आयोजकले हर्मी बाहिर रहि कार्यक्रममा उपस्थित हुन नसक्ने स्थानिय स्रष्टाहरुलाई ई मेल र हुलाक मार्फत रचना पठाउन आग्रह गरेको छ । त्यसरि प्राप्त रचनाहरु कार्यक्रमको बिचमा बाचन गर्ने प्रबन्ध मिलाईएको बुझिएको छ ।
No comments:
Post a Comment