फोटो बिकाश ढकाल
हर्मी ,भाद्र २० उपभोक्ता समितिको लापरबाहि र हेलचक्राईले गर्दा हर्मीमा गत आर्थिक बर्षमा संचालित पामखोला हर्मी बृहत खानेपानी योजनाको पूरा काम सम्पन्न हुन नसके पछि लाखौ रुपैयाँ बजेट पि्रुज भएको छ । पामखोला हर्मी खानेपानी योजना अन्र्तगत हर्मीका ६ ९ ८ ३ ७ र १ न वडाका जनताहरुलाई खाने पानी सुविधा पुर्याउने उदेश्यले संचालित योजना उपभोक्ता समिति असक्षम भएपछि पुरा हुन नसकेको हो । योजनाका लागी खरिद गरेर ल्याईएका र गत बैशाख महिना सम्ममा जमिनमा पुरि सक्नु पर्ने पाइपहरु यतिबेला हर्मी भन्ज्याङ्ग चौतारामा ब्यबारिसे अवस्थामा छन् । गत बर्षको बजेट समयमानै काम गर्न नसकि फि्रज भए पछि सरकारले यस बर्ष न्यून बजेट मात्र हर्मी खाने पानी आयोजना लाई छुट्याएको छ । यसबाट हर्मीका जनताको ब्यवस्थित खाने पानी उपभोग गर्ने सपना चकनाचुर भएको छ ।
खाने पानी योजनाका लागी ल्याईएका नयाँ पाइपहरु त्यतिकै मिल्किए पछि पाईपहरु हराउने क्रम पनि बढेर गएको छ । ब्यवारिसे भई मिल्किएका पाइपहरु एक दुइ गर्दै हराउदै गएको कुरा स्थानिय जनताले बताएका छन् । खाने पानी योजना अन्र्तगतका पाईपहरु ल्ाापरबाहि पूर्बक ह्ाल सिचाई कुलोमा चर्पीमा बलेनी थाप्न फोहोर पानीको निकास करेसा बारिमा पुयाउन तथा गोठ कटेरा र पाली टहराहरुको बला बनाउन प्रयोग भइरहेकोमा स्थानिय जनताहरुले आक्रोश पोखेका छन् । खाने पानी योजनाका पाईपहरुको कन्त बिजोग हुदा पनि समिति बेखबर बनेको छ । त्यसै गरि उपभोक्ता समितिका पदाधिकारीले बिना कुनै निर्णय नयाँ पाइप लाइन बिछ्राउन हटाइएको पुरानो योजनाका सयौ मिटर पुराना पाईपहरु बसमा हालेर भुसुन्डे तर्फ पठाएकोमा स्थानिय जनताहरुले असन्तोस ब्यक्त गरेका छन् ।
यस बारेमा खानेपानी उपभोक्ता समितिका अध्यक्ष खेम राज अधिकारीलाई प्रश्न गर्दा उनले अझै पनि काम भईरहेको र अनियमितता नभएको बताए तर जनताहरु कहि कतै पति हाल खाने पानीको राम्रो काम नभएको बताउँछन् ।
No comments:
Post a Comment