हर्मी ,साउन ३० , सामाजिक विकृति र विसङगतिहरु ह्टाई सभ्य समाज निमार्ण गर्ने र युवाहरुलाई सृजनात्मक बाटोमा हिडाउने मूल लक्ष्यका साथ हर्मी नवलपुरका युवाहरु संगठित भएका छन् । गत साता नवलपुरमा आयोजना गरिएको युवाहरुको आम भेलाले जमाल दिन मियाँको अध्यक्षतामा एघार सदस्सीय कार्य समिति गठन गरेको छ ।
समितिका अन्य पदाधिकारीहरुमा मोहन मजाकाटी अनिता राई सरोज मजाकोटि ईमामदिन मियाँ क्रमश उपाध्यक्ष सचिव सह सचिव र कोषाध्यक्ष रहेका छन् । सदस्यहरुमा सफिना मियाँ अजिता राई राम ब मजाकोटी लगायत छन् । समाजमा ब्याप्त कुरिति विरुद्वको अभियान चलाउने क्रममा गत शुक्रबार मरेको शिनो खानको लागी गाउँ भित्राउने तीन जनालाई कारवाहि गरिएको क्लव अध्यक्ष जमालदिनले जानकारी दिएका छन् । आगामि दिनमा क्लव अझ् सशक्तरुपमा अगाडि बढि सृजनात्मक काममा पनि सकि्रय हुने क्लव सदस्यहरु बताउँछन् ।
No comments:
Post a Comment