Saturday, August 15, 2009

उच्च मावि परिक्षामा सहभागी पनि अनुपस्थित २५ विद्यार्थी अन्यौलमा

हर्मी साउन ३०- परीक्षामा सहभागी भएपनि नतिजा प्रकाशनमा अनुपस्थित देखिएपछी गोरखा हर्मी गाविसको मेहन्द्रलिला उच्च माविबाट कक्षा १२ को परीक्षा दिएका २५ विद्यार्थी अन्यौलमा परेका छन् । विद्यालयबाट शिक्षा र ब्यवस्थापन संकायमा गरी ४० जनाले परीक्षा दिएकोमा शिक्षाका २४ र ब्यवस्थापनको १ जनाको अनिवार्य अंग्रेजीको नतिजामा अनुपस्थित देखिएको हो । विद्यालयले विद्यार्थीको प्रवेशपत्र जम्मा पारी केन्द्राध्यक्षलाई रुजु गराई उच्च माध्यामिक शिक्षा परिषद्मा उजुरी दिने तयारी गरेको विद्यालयका सहायक प्राचार्य केबी न्यौपानेले जानकारी दिनुभएको छ । गत वर्ष पनि सो विद्यालयबाट परीक्षामा सहभागी २ विद्यार्थीको नतिजामा अनुपस्थित देखिएको थियो विद्यालयले यस विषयमा परिषद्मा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएपछि ती विद्यार्थीहरुले दोहोर् याएर परीक्षा दिनुपरेको थियो ।

No comments:

Post a Comment