असार २४-गोरखाको छोपं्राक गाउँ विकास समितिको गैरी सामुदायिक वन उपभोक्ता समितिमा समाज विकास तथा अनुसन्धान केन्द्रको सहयोगमा जडिबुटी रोपिएको छ । चित्रेपोखरीमा रहेको उक्त वन समुहमा कुरीलो हर्रो बर्रो अमला रिट्टो अर्मिसो लगायतका ९ सय जडिवुटीका विरुवा लगाइएको सिकोडर गोरखाका नविन धितालले जानकारी दिनुभएको छ । सामुदायिक वनको खाली क्षेत्रमा जडिवुटी लगाउनका लागि ७५ घर उपभोक्ताले खाडल खनेका थिए । सो कार्यक्रममा गाविसभरिका सामुदायिक वनका प्रतिनिधि सभागी थिएभन्दै रेडियो गोरखाले ख़बर दिएको छ
No comments:
Post a Comment