Wednesday, July 8, 2009

६६ सहकारी पसल साचालन हुने

असार २४-गोरखामा ६६ वटा सुपथ मुल्यका सहकारी पसल साचालन हुने भएको छ । जिल्लाका ६५ गाउँ विकास समिति र गोरखा नगरपलिकामा सहकारी पसल साचालन हुन लागेका हुन् । सरकारले वजेट मार्फत हरेक गाविसमा सुपथ मुल्यका सहकारी पसल साचालन गर्ने कार्यक्रम अनुसार उक्त पसल साचालन हुन लागेको जिल्ला कृषि विकास कार्यालय गोरखाले जानकारी दिएको छ । सुपथ मुल्यका पसल साचालनका लागि दरखास्त दिने ७३ सहकारीहरुमध्येबाट पसल ब्यवस्थापन तथा अनगमन समितिले छनोट गरेका ६६ सहकारीले संबन्धित गाविसमा पसल साचालनका लागि कृषि कार्यालयबाट १ लाख रुपियाँ अनुदान समेत पाउने छन् । यसवर्ष सामागाउँ गाविसमा भने सहकारी पसल साचालन नहुने भएको छ । पसल साचालनका लागि आह्वान गर्दा सो गाविसबाट कुनै सहकारीले पनि सम्पर्क नगरेकाले साचालन हुन नसकेको कृषि कार्यालयका प्राविधिक सहायक गोविन्दमान श्रेष्ठले जानकारी नुभएको छ । पसल साचालन गर्न अनुमति पाएका सहकारीलाई सरकारले वीउ पूजीस्वरुप १ लाख रुपियाँ अनुदान दिने र १ लाख सहकारीले जम्मा गरी पसल साचालन गर्नुपर्नेछ । त्यस्ता पसल गाविस र नगरपालिकामा सबैलाइ पायक पर्ने ठाउँमा राख्नुपर्ने कार्यालयले जनाएको छ । छनोट भएका सहकारीहरुले १५ दिनभित्र पसल साचालन गर्नुपर्ने भएपनि अझै बिभिन्न गाविसका १२ सहकारीले रकम लिन नआएको कार्यालयले जनाएको छ । अनुदान रकम लिन नआउनेमा ताकुमाझ लाकुरीबोट छेकम्पार धावा बगुवा खोप्लाङ मिरकोट केरावरी काशीगाउँ वगुवा देउराली ताकुकोट र जौवारीका सहकारी संस्थाहरु रहेका रेडियो गोरखाले जनाएको छ

No comments:

Post a Comment