Wednesday, July 15, 2009

स्वयम् सेवक हरुलाई स्वागत कायक्रम

हर्मी , पिएडि नेपाल मार्फत महेन्द्र लिला उच्च माविमा हाएका स्वयम् सेवक हरुलाई विद्यालय परिवारले शुक्रवार स्वागत कायक्रमको आयोजना गरेको समाचार प्राप्त भएको छ ।
विद्यालय ब्यवास्थपन समितिका अध्यक्ष नरनाथ मरहठाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ राम प्र अधिकारी समाजसेवि जनार्दन ढकाल लगायतका ब्यक्तिहरुको आतिथ्यता रहेको थियो । स्वयम् सेवकहरुलाई विद्यालयका शिक्षक अभिभावक र विद्यार्थिहरुले फुलमाला लगाएर स्वागत गरेका थिए । स्वयम् सेवककै स्वागतमा विद्याार्थिहरुले गित तथा नाच पनि देखाएको हर्मीबाट प्राप्त खबरमा उल्लेख छ ।
ती स्वयम् सेककहरुले हाल विद्यार्थिहरुलाई विहान अतिरिक्त कक्षार दिउँसा केहि काम गर्ने गरेका छन् । उनीहरु हर्मीमा तीन हप्ता सम्म बस्ने योजना छ ।

No comments:

Post a Comment