Saturday, July 4, 2009
केरौजा शोकमग्न
असार १९- यासा्रगुम्बा टिप्न मनाङ गएकाहरुको निर्मम हत्या भएपछि गोरखाको केरौजा गाउँ यतिवेला शोकमग्न भएको छ । संगसंगै गएका सबै साथिहरु गाउँ आइसकेको र आफ्ना आफन्तहरु मारिएका खबरले परिवारजन भावविह्वल भएका छन् । बैशाख महिनाको अन्त्यतिर वर्षेनी मनाङमा यासा्रगुम्बा टिप्न जाने सो क्षेत्रका वासिन्दालाई यस अघि पहिले कहिलःयै यस्तो दुखद अवस्था आएको थिएन ।सामान्यतया यासा्रगुम्वा टिपेर जेठ मसान्त सम्म गाउँ फर्किसक्ने भएपनि अन्य लेकमा सोचेजस्तो यासा्रगुम्वा नपाएको र वाटोखर्च समेत नभएपछि ती युवाहरु लुकेर नार पुगेको संगै गएका नरबहादुर गुरुङले रेडियो गोर्खालाई जानाकारी दिनुभएको छ । नारवासीले यासा्र टिप्न रोक लगाएको थाहा पाएर पनि अन्य क्षेत्रमा यासा्रगुम्बा नपाएका कारण सो ठाउँमा जान वाध्य भएको उहाँले वताउनुभएको छ । आफुहरु भने ऋण काढेर फर्किएको गुरुङले बताउनुभयो । जेठको पहिलो सातानै मनाङ गएका केरौजावासि मध्ये ५ जनाको गाउँलको आक्रमणबाट र अन्य २ को भाग्दै गर्दा भीरबाट लडेर जेठ २७ गते नै ज्यान गएको थियो । संगै गएका साथीहरु फर्केर आएपछि हराएकाहरुको आफन्तको खोजी गर्न केरौजाबाट एक समुह असार १२ गतेनै मनाङ गएका थिए । मनाङ पुगेका परिवारजन सदरमुकाम चामेमानै रहेका स्थानिय कान्छी गुरुङले जानकारी दिनुभएको छ । मनाङ पुगेर फर्केका केही केरौजावजासिले हिजो प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद ओलीसंग भेट गरी घटनाको जानकारी गराएका छन् । उनीहरुले घटनाका दोषीहरुलाई कारबाही र पीडितलाई क्षतिपुर्तिको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीलाई भेट्नेमा नर बहादुर गुरुङ लगायतका थिए । केरौजावासीले भोली स्थानिय प्रशासनलाई घटनामा संलग्नको किटानी जाहेरी दिने गुरुङले बताएको रेडियो गोरखाले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment