Saturday, July 4, 2009
यार्चागुम्बा टिप्न गएका गोरखाका नौको मनाङमा हत्या
गोरखा ,१९ असार, यार्चागुम्बा टिप्न मनाङ पुगेका गोरखाका नौ जनाको नारमा हत्या भएको आजका सबै पत्रपत्रिकाले जनाएका छन् । सबै दैनिको मुख्य समाचारको रुमा छापिएको समाचार अनुसार यार्चागुम्बा टिप्ने विषयमा विवाद भएपछि नारबासीले सात जनालाई कुटेर हत्या गरेको र ज्यान जोगाउन भाग्ने क्रममा थप दुईको मृत्यु भएको प्रहरीलाई उद्घृत गर्दै टेलिभिजनले समाचार दिएको छ।गत जेठ २७ गते भएको सो घटनाको समाचार ढिलोगरी प्राप्त भएको हो। प्रहरीका अनुसार, आफ्नो क्षेत्रमा यार्चागुम्बा टिप्न आएको भन्दै नारका बासिन्दाले उनीहरुमाथि आक्रमण गरेका थिए।हत्या हुनेमा गोरखा करौचा गाविसका ज्ञानबहादुर गुरुङ, सुभदार गुरुङ, बिरे गुरुङ, कामी गुरुङ, सोगर गुरुङ, आइतराम गुरुङ र ध्रुव गुरुङ रहेको टेलिभिजनले जनाएको छ। भीरबाट लडेर मृत्यु हुने अन्य दुईजनाको पहिचान नभएको जनाइएको छ। घटनास्थल मनाङको सदरमुकाम चामेबाट दुई दिन टाढा पर्छ। घटनाबारे थप जानकारी लिन चामेबाट प्रहरी टोली त्यसतर्फ गएको छ। गोरखाबाट गएकाहरुले सात दिनका लागि मात्र पुग्ने खाना लिएर गएको र एक महिनासम्म सम्पर्कमा नआएपछि गत जेठ १४ गते प्रहरी कार्यालयमा उनीहरुले खोजी गर्न अनुरोध गरेका थिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment