Tuesday, June 30, 2009

गोरखाका ८२ प्रतिशत विद्यार्थी प्रवेशिका उत्तीर्ण

गोरखा असार १६ प्रवेशिका परिक्षामा गत वर्ष गोरखा जिल्लाबाट ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा उस बर्ष दुई प्रतिशत बढि ८२।८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसै गरि गोरखाका नौ विद्यालयका सबै विद्यार्थी उत्तिर्ण र एक विद्यालयका सबै विद्यार्थी अनुत्तिर्ण भएका छन् । कुल ७१ विद्यालयका विद्यार्थीहरु परिक्षामा सहभागी भएकोमा दुई निजि र सात सामुदायिक विद्यालय गरि कुल नौ विद्यालय सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका हुन् । सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयहरुमा सरस्ति उमावि बोर्लाङविन्द्रावति मावि मसेलअन्नपुर्ण मावि खोप्लाङसरस्वति मावि आहालेराम शाह उच्च मावि देउराली अकला मावि धुवाकोट भद्रकाली मावि भुम्लिचोक र दुई निजि दि ओल्ड क्यापिटल र सन्ट जोसेफ रहेका छन् । त्यस्तै चित्रे पोखरी मावि छोप्राकबाट प्रबेशिकामा ५ जना विद्यार्थी सहभागी भएकोमा सबै जना उनुत्तीर्ण भएका छन् ।

No comments:

Post a Comment