Thursday, May 14, 2009

बिवादमा मुछियो सडक

मलटार हर्मी
गत बर्ष हर्मीको निवारे सम्म निमार्ण भएर रोकिएको पालुङटार दुधपोखरी सडकको बाँकि खण्ड अगाडि बढाउने बारेमा विबाद उत्पन्न भएपछि निमार्ण कार्य रोकिन पुगेको छ ।
निवारे बाट करिब एक किलोमिटर बाटो खनिए पछि कताबाट बाटो लाने भन्ने बारेमा स्थानिय बासिन्दाहरु बिच विबाद बढेको हो । केहि स्थानिय फटाहा आफ्नो स्वार्थ पुर्ति गर्न बाटो घुमाएर माथिबाट लैजाने दौड धुपमा लागेका तर अधिकांस बासिन्दाहरु छोटो र प्रभाबकारीताका हिसाबले बाटोलाई मलटारबाट मुगे झार्ने उडानमा रहे पछि बिवाद चुलिन पुगेको हो । सडक निमार्ण उपभोक्ता समितिले स्थानिय फटाहाहरुको मतिमा लागेर पुरानो सर्बे खारेज गराउन बाटोको सर्बे समेत गुप चुपरुपमा गरेको स्थानिय बासि बताउँछन् ।अल्पमतमा रहेका हर्मी मलटार थालाजुङ खनालथोक र केराबारीका केहि असामाजिक ब्यक्तिहरु भने जन भाबना बिपरित जबरजस्ति बाटो घुमाएर कोप्रे खोला र खारखोलाको दोभान हुदै मुगे बजार माथिको भिरबाट खनालथोक हुदै अगाडि बढाउने गृहकार्यमा जुटेको स्थानिय बासिन्दाहरुले आरोप लगाएका छन् ।

No comments:

Post a Comment