Thursday, May 14, 2009

आपतकालिन राहत बितरण हुदै

गोरखा
जिल्ला प्रसासन कार्यालय गोरखा र नेपाल रेडक्रस गोरखा शाखाले गत बैसाख ८ गते गोरखाका विभिन्न गाविसमा आएको हावा हुरीले क्षति पुयाएका भौतिक संरचनाको आपतकालिन राहत वितरण कार्य शुरु गरेका छन् ।
आपतकालिन राहत स्वरुप घर धुरी उडेकालाई जिप्रकाकाट १५ सय र रेडक्रसबाट एउटा त्रिपाल र पाली कटेरा घन्रार उडाएकालाई १ हजार र एउटा त्रिपाल वितरण गरिएको छ । विद्यालयहरुको भने क्षतिको अवस्था मूल्याङकन गरि छुटै राहत वितरणको ब्यबस्था गरिने बुझिएको छ । त्यसै गरि असिनाले नष्ट गरेको मकैको क्षतिको लागत उठाई इलाका कृषि कार्यालय मार्फत जिल्ला कृषि कार्यालयमा क्षति पुर्तिको पहल भइरहेको हर्मीका किसान बाबुराम सापकोटाले जानकारी दिएका छन् ।

No comments:

Post a Comment