Thursday, May 14, 2009

उमेरले छेकेन पढ्नलाई



हर्मी
नेपाल सरकारले लागु गरेको साक्षरता कार्यक्रम हर्मीमा पनि लागु भएको छ । पहिलो चरण अन्र्तगत माघमा शुरु भएको अभियान अहिले दोस्रो चरणमा प्रबेश गरेको छ ।
पहिलो चरणमा संचालनमा संचालन भएका कार्यक्रमहरु सकिए पछि दोस्रो चरणमा भिन्नै ठाउँ र भिन्नै शिक्षकको ब्यबस्था गरि कक्षाहरु संचालनमा ल्याईएको हो । हाल हर्मीका ९ वटै वडामा साक्षरता कार्यक्रम अन्र्तगतका कक्षाहरु चलिराखेका छन् ।
साक्षरता कक्षमा केश पाकेका बुढा बा आमाहरु नियमित हाजिर भएर कखरा सिक्न तल्लिन छन् । हर्मी गाविस भरिनै दोस्रो चरणको साक्षरता कक्षा बैशाख पहिलो साता शरु भएको र असाढमा अन्त्य हुने साक्षरता अभियान गाविस निरिक्षक लक्ष्मी बस्नेतले बताईन ।

No comments:

Post a Comment