Thursday, May 14, 2009
छैन सक्षम सर अङग्रेजीको रहर
हर्मी
हर्मीका केहि सामुदायिक बिद्यालयहरुले अङग्रेजि माध्यममा पढाई संचालन गर्ने प्रचार गरेर बिद्यार्थि भर्ना लिए पनि सक्षम शिक्षक शिक्षिकाको अबाभमा यो योजना प्रभाबकारी बन्न नसकेको जानकारी प्राप्त भएको छ ।
देखा सिकिका कारण अस्वस्थ प्रतिस्पर्दाका होमिएका विद्यालयहरुलाई हाल आएर पढाउने सक्षम जनशक्ति नै मुख्य टाउको दुखाईको विषय बनेको छ । हाल सरकारी दरबन्दिमा रहेका अधिकांस शिक्षक शिक्षिका लाई अङग्रेजि भुट्या भाङ पोल्या पिडालु भएपछि यो अबस्था सृजना भएको हो । अङग्रजीको हौवाले छिमेकी बिद्यालयहरुमा नयाँ भर्ना निल पल्टाउन सफल विद्यालयले प्रचार गरे अनुरुपको शिक्षा दिन नसक्दा अभिभावकहरु रुष्ट देखिएका छन् ।
कति पय सामुदायिक विद्यालयले त मन्टेस्वरी लगायत अत्याधुनिक बिधिबाट पूर्ण अङग्रजी माध्यममा पढाउने भनेर पोष्टर पम्पलेटिङ समेत गरेका छन् । जब की ती बिद्यालयमा पढाउने शिक्षक शिक्षिकालाई मन्टेश्वरीको म सम्म पनि थाहा छैन । हौवा फिजाए अनुरुप काम गरेर देखाउन नसकेका यी बिद्यालयलाई स्थानिय बासिन्दाले नमच्चिने पिङको सय झट्काको संक्षा दिएका छन् ।
यसै शैक्षिक सत्र देखि अङग्रेजि माध्यम अपनाउने प्रचार बाजि गर्नै बिद्यालयहरुमा विज्ञान प्रावि हर्मी ८ सरस्वति प्रावि हर्मी ३ र कक्षा एकबाट शुरु गर्नेमा चम्पावति मावि निवारे र मलीउ मावि नवलपुर छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment