Thursday, May 14, 2009

दन्त शिविर सम्पन्न




हर्मी गोरखा स्वास्थ्य प्राविधिक समाज काठमाडौको प्रमुख आयोजनामा गत बैसाख १५ र १६ गते हर्मी उप स्वास्थ्य चौकी हार्मी भन्ायाङमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा हर्मी र आसपासका गाविसका करिब २०० जनताले आफ्नो दाँतको उपचार गरि मौकाको फाईदा उठाएका थिए । कान्तिपुर डेन्टल हस्पिटल काठमाडौको प्रविधिक सहयोगमा संचालित सो शिविरको स्थानिय आयोजकमा हर्मी गाविस र आवोर अर्मी डट कम रहेका थिए । शिविरमा दाँत झिक्ने भर्ने सफा गर्ने लगायतका सेवा प्रदान गरिएको थियो । साथै साथै शिविर स्थलमा उपस्थित बालबालिका तथा बृ¢ बृ¢ाहरुलाई ओरल हेल्थ सम्बधि जन चेतना कार्यक्रम समेत गरिएको आयोजकहरुले जानकारी दिएका छन् ।

No comments:

Post a Comment