Wednesday, May 20, 2009

हर्मीका किसान केरा खेति तर्फ आकर्षित








हर्मी
परम्परागत खेति र सोचबाट माथि उठ्न नसकिने निष्कर्ष निकाल्दै हर्मीका किसानहरु नयाँ व्यबसायिक खेति प्रणाणि अङगाल्ने क्रममा केरा खेति तर्फ आकर्षित भएका छन् ।
प्रगति वचत तथा ऋण सहकारी संस्थाले किसानहरुको यो नयाँ सोचलाई साथ दिएको हो । केरा खेति चाडै फल्ने र छिटै मुनाफा लिन सकिने भएकाले अन्य खेति भन्दा व्यवसायिक विकासका लागी यो खेति प्रभाबकारी भएको किसानहरु बताउँछन् ।
हर्मी गाविस भित्रका वडा न ६ ९ ३ र ८का केहि किसानहरुले परिक्षणका रुपमा केरा खेति शुरु गरेका छन् । परम्मरागत खेति मकै र कादोबाट माथि उठ्न नसकिने देखेर मैले पनि केरा खेति थर्न शुरु गरे किसान बाबुराम सापकोटाले भने । उनी जस्तै दर्जनौ किसानहरु परम्परा बादि सोच र खेति प्रणालिलाई विस्तापित गर्न लागी परेका छन् ।
किसानहरु बिच केरा खेति गर्ने सहमति भए पछि प्रगति सहकारीले चितवनबाट बिउ ल्याएर गाउँमै बिक्री बितरण गरेको हो । केराको उत्पादन शुरु भए पछि बजारको खोजि पनि सामुहिक रुपमै गर्न लागिएको केरा खेतिमा लागेका पूर्व प्राध्यापक जीवन ज्योति ढकाल बताउँछन् । आफ्नो माटो र हावा पानी सुवाउँदो केराको परिक्षण खेति सफल भएमा आगामी दिनहरुमा अझ ठूलोमात्रामा खेति गर्ने किसाहरुको सोच छ ।
गत वर्षबाट शुरु भएको केरा खेतिबाट केहि किसानहरुले मुनाफा लिन थालि सकेका छन् ।भने कसै कसैलाई मौसमले साथ नदिएर केहि कठिनाई परेको छ । तर जे होस् अहिले केहि सिमित क्षेत्रमा भएको खेति प्रभावकारी र नाफा मुखि हुन सके केहि बर्ष भित्रै अझ विस्तार हुने निश्चित छ ।

1 comment:

  1. ज्यादै खुसी लाग्यो ब्याबसयिक रुपमा खेतीमाँ प्रबेश गरेकोमा. यती ठुलो संभाबना हुंदा हुँदै हामीले बुडोचौर, अर्चले, टारी र गाम्खेत पनी कौडिको नाफामा दौडिएर हामीले ठुलो आमदानी गुमाई रहेका छौं. गामखेत देखि अर्चले अनि टारी सम्मा केरा लगाऊं त, पोखरा,नारायण्गढ, का साहू हरु ट्रक लिएर आउंछन. अब अब घर घरका पशुलाई इकट्ठा गरी पशुपालन गर्दै जम्मै ले केरा खेती गरौं त हर्मी २ बर्ष माँ कहा बाट कहाँ पुग्छ? यो जापान जस्ता देसहरु बिकास भएका पनि तेसरी नै हो.

    ReplyDelete