Monday, May 25, 2009
जिल्ला परिषद्मा २ अर्ब २८ करोडको वजेट प्रस्तुत : समाचार स्रोत रेडियो गोरखा
गोरखा -गणतन्त्र घोषणापछिको गोरखा जिल्लाको दोश्रो जिल्ला परिषद्मा स्थानिय विकास अधिकारी राजकुमार श्रेष्ठले आर्थिक वर्ष ०६६/०६७ का लागि २ अर्ब २८ करोड ५६ लाख ९० हजार रुपियाँको प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको छ । जसमध्ये पूजीगत तर्फ १ अर्ब ४७ करोड ४७ लाख ५५ हजार ३ सय रुपैयाँ र चालु खर्च तर्फ ८१ करोड ११ लाख ३४ हजार ६ सय रुपैया रहेको छ ।ूकृषिमा ब्यवसायीकरण पर्यटन र पुर्वाधारको विस्तार समतामुलक र समुन्नत समाज विकासको मुल आधारू भन्ने नाराका साथ सुरु भएको परिषद्को प्रस्तावित वजेट अनुसार पुर्वाधार र संरचना विकास तर्फ १ अर्ब २० करोड ४० लाख ४ हजार जनसंख्या तथा सामाजिक विकास समिति तर्फ ८९ करोड ३१ लाख ३३ हजार रुपैया प्रस्ताव गरिएको छ । त्यसैगरी जलश्रोत तथा भुमि समिति तर्फ १३ करोड १० लाख १५ हजार ८ सय रुपैया कृषि वन तथा वातावरण समितितर्फ १३ करोड ३६ लाख ३९ हजार वजेट प्रस्ताव गरिएको छ । यसवर्षको वजेट गत वर्षको भन्दा १ अर्ब १९ करोड ३ लाख ६३ हजार अर्थात १०८।६७ प्रतिशत बढी रहेको जिल्ला विकास समितिले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment