Wednesday, May 27, 2009

धमिलिकुवामा पुलको काम शुरु

लमजुङ, लामो समयको अन्यौलता र थुप्रै विवादहरुका श्रङखलाहरु प्छि पूर्वि लमजुङका बासिन्दाहरुको चेपे नदिमा मोटरेबल पुलको सपना पुरा हुने भएको छ । केहि महिना यता गोरखाको पालुङटार र लमजुङको धमिलिकुवा जोड्ने मोटरेबल पुलको निमार्ण कार्य शुरु भएको छ ।
केहि बर्ष अघि देखि नै पुल निमार्णको हल्लाले चर्चा पाए पनि स्थानिय स्तरमा उत्पन्न पुल कहाँ राख्ने भन्ो विवाद र जिल्ला विकास समिति लमजुङको निष्कि्रयताका कारण पुल निमार्ण कार्य अगाडि बढ्न सकेको थिएन ।
तर यस आर्थिक वर्षमा जिविस लमजुङले पुल बनाउन करिब दुई करोड रुपैया विनियोजन गर्ने भएको छ । उक्त पुल निमार्ण सम्पन्न भए पश्चात पूर्वि लमजुङका धमिलिकुवाचक्रतिर्थ भलायखर्कप्यारजुङगौडाविचौर लगायतका गाविसका जनताहरु प्रत्यक्ष लाभान्वित हुने छन् । हाल तनहुको डुम्रेबाट तुरतुरे पालुङटार हुदै हिउँदमा चेपे नदि तरेर यातायात सेवा संचालनमा छ ।

No comments:

Post a Comment