Wednesday, May 27, 2009

जिविसले नयाँ डोजर किन्ने

गोरखा ,आफ्नो स्वामित्वमा रहेका दुई वटा डोजरहरु पुराना भएर पूर्णत प्रयोगमा आउन नसक्ने अवस्थामा पुगे पछि जिल्ला विकास समिति गोरखाले ती दुबै डोजरहरु लिलामीमा विकि्र गरेर नयाँ डोजर किन्ने भएको छ ।
नयाँ डोजर खरिदका लागी जिविसले यस आर्थिक वर्षको बजेटमा १ करोड रुपैया छुट्याएको छ । उक्त कुराको जानकारी गराउन स्थानिय विकास अधिकारीले एक पत्रकार सम्मेलनको आयोजना गरेको रेडियो गोरखाले जनाएको छ ।

No comments:

Post a Comment