Sunday, April 19, 2009

विज्ञान प्रावि अब नयाँ ठाउँमा

हर्मी
हर्मी ८मा रहेको विज्ञान प्राविलाई भौतिक संरचना थप गरि कक्षा ५ सम्म चलाउने अभिप्रायले नजिकै रहेको रुम्टि भर्लबोटमा सारिएको छ । हाललाई सो स्थानमा अस्थाई छाप्रो बनाई विद्यालय संचालन गरिने र निकट भविष्यमै भवनहरु बनाईने कुरा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष जीवन ज्योति ढकालले बताउनु भयो ।
स्थानिय समाजसेबि माधब प्र ढकाल लगायतले बिद्यालयलाई आवश्यक जग्गा दान गरे पछि बिद्यालय सार्ने काम शुरु भएको हो । दान गरिएको जग्गा सगै केहि सार्बजनिक जग्गाहरु पनि रहेकाले विद्यालय संचालन सहज हुने सरोकार वालाहरु बताउँछन् । यसका साथ साथै विद्यालयले गाविसबाट प्राप्त १ लाख रुपैयाले भवन बनाउन नसकिने भएकाले सबै जना सगँ सहयोगको याचना गरेको छ ।


अस्थाई छाप्राहरु बनाईदै



फोटोहरु जनार्दन ढकाल



No comments:

Post a Comment