हर्मी
गोरखा जिल्लामा नेपाल सरकारले यसै बर्षबाट परिक्षणका रुपमा अबलम्बन गर्न लागेको स्वरोजगार कार्यक्रम अन्र्तगत फारम भरेका युवाहरुलाई तालिम दिने क्रम शुरु भएको छ ।
यसै शिलशिलामा हर्मीमा रहेको महेन्द्र ललिा उमाविमा हर्मी र थालाजङका बेरोजगार युवाहरुलाई युवा तथा साना स्वरोजगार अभिमुखिकरण तालिम सम्पन्न भएको छ । गत बैशाख २ र ३ गते गरि दई दिन सम्म चलेको तालिमको प्रशिक्षकहरुमा अर्जुन पोखरेल र खेमराज अधिकारी रहनु भएको थियो । १५२ जना सहभागी रहेको तालिमको उद्धाटन सत्रमा स्थानिय बुद्धिजिबि नरनाथ मरहटा र समाजसेबि जनार्दन ढकालले मन्तब्य राख्नु भएको थियो ।


No comments:
Post a Comment