खोप्लाङ
परिबर्तित परिस्थितिमा पनि नेपाल सरकारले लागु गरेका विकास निमार्णका कामहरु सडक बिभागका कर्मचारी र ठेकेदारको मिलेमतोका कारण प्रभाबकारी बन्न नसकेको सर्बसाधरण जनताहरुले गुनासो गरेका छन् ।
जसकबो उदाहरण को रुपमा पन्थडिहि कटहरे हर्मी सडक खण्ड अन्तगर्त पर्ने खोप्लाङ गाबिसका विभिन्न खोल्साहरुमा निमार्ण शुरु गरिएका बल्भटहरुलाई लिन सकिन्छ । जहाँ विकास निमार्णको नाममा झारा टार्ने काम शिवाय केहि नभएको स्थानिय बासिन्दाहरु बताउँछन् । यी कल्भटहरु निमार्ण गर्न सडक बिभागले ठेकेदारलाई ८ लाख रुपैयामा ठेक्का दिएको छ । कल्भट निमार्णका शिलशिलामा अपनाईनु पर्ने आधारभूत प्रकि्रया समेत पुरा नभएकाले ती कल्भटहरु कत्ति पनि दिगो बन्न नसक्ने आम उपभोक्ताहरुको भनाई छ । गत बर्ष उपभोक्ता समिति मार्फत काम भएर तल माथि गर्न नपाएका सडकका कर्मचारी र ठेकेदारहरु यी र गस्ता थुप्रै योजनाहरुबाट राम्रै सगँ मोटाउने पक्का पक्कि जस्तै देखिन्छ ।
No comments:
Post a Comment