Saturday, April 11, 2009

चम्पावतीमा खेल्ने मैदानको समस्या


हर्मी
निवारेमा रहेको चम्पावति मा।वि। मा फराकिलो र प्रर्याप्त खेल मैदान नहुदा खेल प्रेमि विद्यार्थीहरु आफ्नो चाहना मन भित्रै कुन्ठित पार्न बाध्य रहेको बुझिएको छ ।
साँघुरो मैदानका कारण भलिबल र अन्य खेलहरु खेल्दा गाउँलेहरुको अन्न बालीलाई असर पुग्ने हुँदा विद्यालयले स्थानीय बासिन्दाको अनुरोधमा त्यस खाले कुनै पनि खेल खेल्न प्रतिबन्ध लगाएको हो । आफूसँग सृजनसिलता हुँदा हुँदै पनि मन भित्रै लुकाउन बाध्य भएको पिडित विद्यार्थीहरुको भनाई छ ।
यति मात्र नभएर विद्यालयले आयोजना गर्ने विभिन्न कार्यक्रमहरु साचालन गर्न पनि त्यत्तिकै समस्या पर्ने गरेको जानाइएको छ । विद्यार्थीहरुको उन्नति र प्रगतिको लागि शैक्षिकका साथ साथै शारीरिक विकासको पनि उत्तिकै आवश्यकता पर्ने भएता पनि ठाउ अभाबले आफूहरुले विद्यार्थिहरुको यो माग सम्बोधन गर्न नसकेको विद्यालयका प्रअ बल ब केसी बताउँछन् ।

No comments:

Post a Comment