Saturday, April 11, 2009
अझै शुरु भएन पुलको निमार्ण कार्य
हर्मी गाविस वडा नंं ५ स्थित मल्लटार घुरे र डिहिका बासिन्दाका साथै अन्य बटुवाहरु ल्ामजुङ्ग र गोरखाको सिमनामा पर्ने चेपे नदिको सोति भन्ने ठाउँमा पुल नहुँदा जोखिमका साथ नदि तरेर आफ्नो गन्तव्य सम्म पुग्न बाध्य छन् ।
सोतिमा २०६१ सालमा पुलको निमार्ण कार्य शुरु भएको थियो । तर त्यस बेला देशमा चलिराखेको शसत्र द्वन्द्वको कारण देखाई उक्त पुल निर्माण कार्य स्थगित हुन पुगेको थियो । बटुवाहरुले हिउँदको समयमा जसो तसो नदी तर्न सके पनि बर्षातको समयमा भने नदी पार गर्नको लागि दुई तीन घण्टाको बाटो हिडेर पाडेबेसी या त एक्लेको पुलबाट घुमेर गन्तव्य सम्म पुग्नु पर्ने हुन्छ । लामो समय रोकिएको निमार्ण प्रकि्रया यसै आर्थिक बर्षबाट शरु गर्ने ठेकेदार डालनाथ अधिकारी र जिबिस बिच सहमति भएको भए पनि अझै सम्म पुल निमार्ण कार्यले गति लिन सकेको छैन । स्थगित पुल निर्माण कार्य छिट्टै शुरु हुनेमा स्थानिय बासिन्दा अझै ढुक्क हुन सकेका छैनन् । पुल निर्माण कार्य लाई तदारुकताका साथ अघि बढाउन ब्यापक दबाब आबस्क रहेको स्थानिय बासिन्दा बम ब कटुवालले बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment