स्थानीय महिला समूहले हर्मी भाज्याङ्ग आसपासमा पुन जाँड रक्सी र जुवा तास नियन्त्रण अभियान शुरु गरेका छन् ।
चाडपर्व बाहेक अन्य समयमा तास खेल्ने र जाँड रक्सी सेवन गरी सार्वजनिक जीवनयापनमा बाधा पुरयाउने जो कोहिलाई पनि प्रहरी समक्ष उजुरी दिने गरिएको बुझिएको छ । यस अभियानलाई अवज्ञा गर्नेहरु अब सिधै सामाजिक अपराध अनतर्गत प्रहरीको फन्दामा पर्ने भएका छन् । अब देखि जो कसैले पनि यस्ता असामाजिक कार्य गरि सार्वजनिक जीवन यापनमा बाधा पुरयाएको देखेमा महिला समूहलाई जानकारी गराई यस अभियानमा सहयोग पुरयाउन सक्नेछन् ।हाल सम्म यो अभियान अन्र्तगत थुप्रै ब्यक्तिहरु प्रहरीको कारबाहिमा परिसकेको र असामाजिक तत्वहरु केहि हद सम्म हच्किएको हर्मीबाट प्राप्त खबरमा जनाईएको छ ।
तर हर्मीमा यो अभियान शुरु भएको यो पहिलो पटक भने होईन । विगतमा पनि यस्ता खाले अभियानहरु पटक पटक अस्तित्वमा आई त्यसै बिलाएर गएका थिए । केहि महिना प्रभाबकारी देखिए पनि सिमित असामाजिक व्यक्तिहरुको द्वैचरित्रका कारण महिला तथा आमा समूहको अभियान निश्चित समय पछि क्रमश तुईने गरेको थियो । तर अब भने आफूहरु जस्तो सुकै चुनौतिको सामना गर्न पनि तयार रहेको महिला समूहकी एक सदस्य मिना ढकालले हामीलाई बताइन् ।
No comments:
Post a Comment