Tuesday, March 24, 2009

मैले जानेको महेन्द्रलीला उच्च मा।वि। इतिहास


इश्वरी सापकोटा

आदरणीय शिक्षा प्रेमीहरु †
आजको एक्काइसौं सताव्दीको पूर्वाधमा शिक्षा र समाजको अन्योन्यासि्रत सम्वन्ध छ । नयाँ नेपालको खाका तयार हुदै गर्दा यसको सम्वन्ध पनि प्रगाढ हुदैगएको छ । यसरी भूत देखि वर्तमान सम्म आइपुग्दा विकासको पहल कदमी निकै द्रुत गतिले बढेको हामीलाई अनुभूति हुन्छ । अन्धकार अशिक्षा र गरिवीबाट ग्रसित ग्रामीण नेपाली समाजमा शिक्षाको विगुल फुक्ने काममा थुप्रै व्यक्तिहरुको अतुलनीय योगदान रहेको देखिन्छ । नेपालको अन्य जिल्लाहरुमा शिक्षाको विकास हुदै गर्दा गोरखा जिल्लामा पनि यसको थालनी भयो । आध्यात्मिक र धार्मिक विचारधारा बोकेका व्यक्तिहरुवाट यस क्षेत्रमा शिक्षाको जग हाल्ने पवित्र काम समयमा नै भयो । यसरी यस क्षेत्रमा बसालिएको शिक्षाको जगमाथि थुप्रै इसाई मिसनरीहरु र स्थानीय शिक्षा प्रेमीहरुको अथक प्रयास र मेहनतबाट पर्खाल लगाउने काम भयो ।
ई सं। १९५७ साल मे। महिनामा संयुक्त राज्य अमेरिका निवासी जोनाथन लिण्डेलको नेतृत्वमा रन व्याएट शिलिङ फोर्ड तथा मार्था मुखियामिस मार्ग्रेट मकोम र श्रीमान्÷ श्रीमति सोदेम्वा लगायत यु। एम। एन।गैर सरकारी संस्थाका धेरै अग्रणीहरु मिसनरीहरु गोरखा आँपपिपलमा रहेर यस क्षेत्रको शिक्षा स्वास्थ्य तथा चेतनाको श्रीबृि¢ गर्न ठूलो योगदान गर्नु भयो । यस संस्थाका धेरै उदेश्यहरु मध्ये यो क्षेत्रमा मुख्य गरी यी दुई उदेश्यहरुमा जोड दिइएको थियो ।
क अस्पतालको स्थापना गर्नु
ख विद्यालय स्थापना गर्नु
यस संस्थाले विना उपचार कसैको पनि ज्यान अकालमै नजाओस भन्ने लक्ष्य राखि उपचारको निम्ति आँपपिपल मिसन अस्पताल स्थापना गर् यो । त्यसैगरी ूरोग लागेर उपचार गर्नँ भन्दा पहिले रोग लाग्नै नदिनु बेसू भन्ने उक्तिलाई आत्मासाथ गरि चेतना बिकासका लागि सामुदायिक बिकास संस्थाको स्थापना गर्न पुग्यो । यस समुदायिक संस्थाको धेरै उदेश्यहरु मध्ये अर्को मुख्य उदेश्य चाहि गोरखा आँपपिपलमा एउटा केन्द्रीय विद्यालय स्थापना गरि त्यस वरपरका स्थानमा स्थानीय समुदायको सहभागितामा अरु विद्यालयहरुको स्थापना गर्नु नै थियो । यही उदेश्य पूरा गर्न वि।सं २०१७…॥मा गोरखा आँपपिपल विद्यालयबाटै केही विद्यार्थीहरु छनौट गरि शिक्षक तालिम दिने कार्य भयो । त्यस समय यु। एम। एन। गोरखाका इाचार्ज अष्ट्रेलिया निवासी हवार्ड वाक्र्ले हुनुहुन्थ्यो । यस क्षेत्रमा शिक्षा र स्वास्थ्यको विकासमा उहाँको प्रशंसनीय योगदान रहेको छ । यसै समयमा यु। एम। एन। गोरखाले आँपपिपल विद्यालयमा शिक्षक तालिम संचालन गर् यो । सो तालिमका सहभागीहरु यस प्रकार थिए ।
स्व। रोहिणी मरहठ्ठा
भोज राज मरहठ्ठा
ईश्वरी प्रसाद सापकोटा
टेक बहादुर भण्डारी
घन बहादुर भण्डारी
ढोल नाथ बर्राकोटी
।sृष्ण राम अधिकारी
स्व।sृष्ण प्रसाद देवकोटा
गोरखाका अन्य ठाउँहरु जस्तै पामडाडा नवलपुरमा पनि शिक्षाको लहर आयो । समाजमा बुि¢जिबी र समाजसेवीको संख्या पनि वृि¢ हुदै गयो ।
यसक्षेत्रका बुि¢जिबी तथा समाजसेवी स्व।तारा नाथ ढकाल स्व।हेमराज ढकाल स्व।टंक नाथ घिमिरे स्व। बम बहादुर भण्डारी छोप्राक अमराईका स्व। वालकृष्ण पोखरेल आदि व्यक्तित्वहरुको सहकार्यमा विद्यालय निर्माण गर्ने योजना बनाइयो । स्थानको छनौट गर्दा हर्मी भाज्याङ अमराई नवलपूर सालवोट र चिउरीबोटको केन्द्र पर्ने स्थान छनौट गर्न आवश्यक थियो । जस अन्तरगत पामको डाँडाको भैसी अहाल र ईस्लाम धर्मको दफन क्षेत्र महेन्द्रलीला विद्यालयको भवनको लागि उपयुक्त क्षेत्र मानियो । कमजोर भौतिक पूर्वाधारमा नवलपुरका श्री टिका दत्त घिमिरे निजी श्रोतमा शिक्षक नियुक्ति हुनुभयो । प्रारम्भिक चरणमा कटेरोबाट शुरु भएको निर्माण कार्य आर्थिक अभावका कारण केहि समय रोकियो
उक्त विद्यालय स्थापना गर्ने क्रममा स्व। तारानाथढकालको नेतृत्वमा गएको एक टोलीले यु। एम। एन।गोरखा आँपपिपलका प्रमुख श्री हवार्ड बाल्र्केलाई भेटी एक शिक्षकको माग गर् यो । सबैको सरसल्लाहबाट उक्त विद्यालयमा शिक्षक माग गरे अनुसार यु। एम। एन। गोरखा आँपपिपलले स्व।रोहिणी मरहठ्ठा शिक्षक नियुक्ति गरेर पठायॊ । यसरी यु। एम। एन। गोरखा आँपपिपलले नवलपुर विद्यालयलाई सहयोग दिने क्रमको थालनी भएको पाईन्छ । यहि उत्साहले उक्त स्थानमा स्व। तारानाथ ढकालको सकि्रयतामा स्थानिय श्रोत साधन परिचालन गरि बिद्यालय भवनको निर्माण त भयो । तर छाना लगाउने काम भने अधुरो नै रहयो । स्व।रोहिणी मरहठ्ठा विद्यालयको प्रधानाध्यापक हनुहन्थ्यो । जव उहुले उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यालय छोडनु भयो तव प्रधानाध्यपकको जिम्मेवारी ईश्वरी प्रसाद सापकोटालाई दिइयो । विद्यालयको भौतिक पूर्वाधारको अभावले नियमित कक्षा संचालन गर्न धेरै गाह्रो थियो । विद्यालय भवनमा छाना लगाइएको थिएन ।
तार्के वनबाट ल्याएको स्याउलाले प्रचण्ड घामको तापलाई भने केही कम गरेतापनि वर्षाको पानीलाई थेग्न सक्दैनथ्यो र विद्यालय बन्द हुने गथ्र्याे ।
बिद्यालयमा खेलकुद मैदानको ठूलो समस्या थियो । विद्यालयको खेलकुद मैदान बनाउन गाउँलेहरु विद्यालयका शिक्षक र विद्यार्थीहरु लामो समय सम्मको कठोर परिश्रम गरियो ।
वि।सं।२०२२ देखि २०३० सम्म शिक्षक सहकर्मिहरु यस प्रकार थिए ।
श्री इश्वरी प्रसाद सापकोटा प्रध्यानाध्यपक
श्री दुर्गा भक्त घिमिरे
काशी प्रसाद घिमिरे
योहनी केवेला फिन्ल्याण्ड
स्व। घनश्याम घिमिरे
रामजी वस्नेत
तिर्थ ढकाल
टेक बहादुर भण्डारी
डयाग आन्स्टाड नर्वे
यसरी विद्यालय संचालन तथा तह बढाउँदै कक्षा आठ सम्म पुर् याउँदा धेरै आर्थिक भौतिक सामाजिक आँधीवेहरिको सामना गर्नु पर् यो । यद्यपि विद्यालयको शैक्षिक स्तर भने निकै उच्च थियो । शैक्षिक स्तर कायम राख्न त्यस समयका उत्कृष्ट विद्यार्थी बाबुराम भट्टराई माओबादी बरिष्ठ नेतालाई केहि समय भने पनि शिक्षकको रुपमा पाउदा हामी विद्यालय परिवारले गर्वको महसुस गरेका थियौ ।
विगतका आरोह र अवरोहलाई पार गर्दै र विकासका खुड्किलालाई टेक्दै समाज रुपान्तरण हुदै गयो । पहिलेको र अहिलेको अवस्थालाई दाज्नु पर्दा हर्मी नवलपुरमा पनि परिवर्तित कदम चलेका छन् तर यो नै पर्याप्त भने छैन । माथि उल्लेखित मिसनरी समाजसेवी बुि¢जिबीको अथक प्रयास नभएको भए संभव थियो होला त भनिन्छ व्यक्ति व्यक्ति मिलेर समाज बन्दछ । हिजो तीनै व्यक्तिहरुको हातेमालो नभएको भए आज महेन्द्रलीला उच्चमाध्यमिक विद्यालय कल्पना सम्म गर्न गाह्रो हुन्थ्यो होला । वास्तवमा मेरो व्यक्तिगत दृष्टिकोणमा भन्नु पर्दा महेन्द्रलीला उच्चमाध्यमिक विद्यालयमा नव जागरण आएको छ ! त्यसैले हामी सबै होस्टेमा हैंसे गर्दै अघि बढौं ।
पूर्व प्रधानाध्यापक हाल धापाखेल ललितपुर


1 comment:

  1. Ishwori Sir, Thanks for nice brief of history of our school. I think, you would have added the names of Late Premnath Dhakal from Banjagara who worked closely with Late Taranath Dhakal in putting the tinned roof of Nawalpur school and in building other infrastructure in association with Late bam Bahadur Bhandari and Taranath Dhakal He was then ward chief of Nawalpur ward and actively worked in raising the donation for this purpose.Later hi with his family migrated to Chitwan.

    ReplyDelete