Sunday, March 29, 2009

छोरीहरु पनि छोराहरु जस्तै सक्षम

सुजिता ढकाल
हाम्रो समाजमा एक्काइसौं शताब्दीमा आएर पनि छोरीहरु माथि गरिने व्यवहारमा कत्ति पनि परिवर्तन आएको छैन । युग कहाँबाट कहाँ पुगी सक्यो । तर हाम्रो समाज भने उही पुरातन रुडिवादी संस्कारमा अल्झिराखेको छ ।
छोराहरुलाई पढाई लेखाइ धेरै माथि पुर्याउने तर छोरीहरुलाई घरको चुलो चौको घाँस दाउरा र मेलापातको सिमित घेराबाट बाहिर निस्कन नदिने चलन हाम्रो गाउँ ठाउँमा व्याप्त छ । धेरैमा थोरै अभिभावकहरुले छोरीलाई पनि पढाउनु पर्छ अनि उचित शिक्षा दिक्षा दिलाएर सक्षम बनाउनु पर्छ भन्ने कुरा बुझेका छन् । तर पनि समाजले के भन्ला भन्ने डर मनमा पालेकाले उनीहरु पुरानो सामाजिक मुल्य र मानयतालाई लत्याएर बाहिर आउन डराइ रहेका छन् । तर राम्रो काम गर्नको लागि कसैको डर धक मान्नु पर्ने कुनै आवश्यकतानै छैन । समाजमा धेरैले छोरा जन्माउने आशमा धेरै छोरीहरु जन्माउनेहरु पनि छन् । तिनीहरु छोरीले पनि छोराले जत्तिकै दायित्व र जिम्मेवारी बोध गर्न सक्छन् भन्ने नबुझेर नै त्यसो गरि राखेका छन् । त्यसरी जन्मिएका छोरीहरुलाई १५ वर्ष नपुग्दै बिहे गरिदिने र अर्काको घरमा पठाउने चलन छ । छोरीहरु अर्काको घर गएपछि घृणा हेलाँ र तिरस्कारको पात्र बनेर नरकीय जीवन विताइरहेका पनि हामीहरु सबैले देखेका छौं ।
तर अब हामी छोरीहरुले कदापि यस्तो हुन दिनु हँुदैन । हामीहरु सचेत भएर घर धन्दाबाट बाहिर निष्केर शिक्षा र ज्ञान प्राप्तगर्न किताब कापी बोकेर स्कूल जानु पर्छ । छोरीहरुले पनि आफ्नो चाहना अनुसार स्वतन्त्र जीवन विताउन पाउनुपर्छ । आफुले चाहे जति शिक्षा दिक्षा लिन पाउनु पर्छ । हाम्रा पनि सामाजिक दायित्व र जिम्मेवारीहरु छन् ति सबै पुरा गर्न अगाडि बढ्नु पर्छ । अबको समाज सुधार्ने अभिभारा हाम्रै काँधमा आएको छ ।
अब छोरीहरु आफै आत्मनिर्भर हुनु पर्छ । आफ्नो सफलताका लागि हरेक पाइला पाइलामा संघर्ष गर्नु आवश्यक छ । छोरीहरु पनि छोरा जस्तै क्षमतावान र सक्षम छन् भनेर हाम्रो रुढीवादी समाजलाई प्रमाणित गरेर देखाए पछि मात्र सामाजिक घारणामा परिवर्तन आउँछ । आउँदा दिनहरुमा छोरीहरुलाई पनि सामाजिक कामहरु गर्नबाट बिाचत गराउनु हुँदैन । धार्मिक र पुरातन मानसिकताका आधारमा छोरीलाई हलो जोत्नबाट बिाचत गराइनु हुँदैन छोरीहरुले पनि बाँस काट्न पाउनु पर्छ । छोरीहरुले पनि घर छाउन पाउनु पर्छ । यो मेरो मात्र आवाज होइन िसंगो समाजमा कुज्जिएर। बाँधिएका छोरीहरुको आवाज हो ।
एक जनाले गरेर आखिर केही उपलब्धि हुनै सक्दैन । त्यसैले हामी सम्पूर्ण छोरीहरु सम्पूर्ण पुरातन र रुढीवादी सामाजिक मूल्य र मान्यतालाई लत्याएर अघि बढ्नु पर्ने बेला भैसकेको छ । त्यसैले आउनुहोस् सबै संगठित भएर अघि बढौं । आखिर हामी सबैले सुनेकै छौ एकले थुके सुकी धेरैले थुके नदी भन्ने उक्ति ।


1 comment: