Sunday, March 29, 2009

गाउँ जान बिसे्रकाहरु


- आरसी ढकाल हिमनदी
उत्तरका सेता हिमालहरुको काखमा रहेको प्यारो गाउँ ऐतिहासिक सिरानकोटको पाउमा रहेको गाउँ प्रचण्ड गर्मीको तापमा पनि शितलता प्रदान गर्ने हरियाली जंगलको विचमा रहेको गाउँ जसले हजारौं बौद्धिक जमातहरुलाई जन्माइ सकेको छ ।
यो गाउँ जसले इतिहासका पानाहरुमा शिक्षालाई सर्वोपरी ठान्दै विश्वका ठूला ठूला विश्व विद्यालयहरुको ढोकामा चेतनाको ठेलीहरुसँगै ढकढक्याउने छोरा छोरीहरुलाई जन्माइ सकेको छ । तर विडम्बना आज यो प्यारो गाउँ परिवर्तनको सास फेर्नलाई गाह्रो भएर अक्सीजनका सिलीण्डरहरुको माग गर्नलाई विवस भएको छ । यो गाउँ आज हरपल पिडै पिडाको तड्पाइमा छटपटाइरहेको छ । हिजो उसले प्रसव वेदनामा छट्पटाउँदै नवजात शिशुहरुको जन्म िदंदै आफ्नो दुःख र वेथाहरुलाई विसे्रर भविष्यका क्षितीजहरुमा नयाँ लाली किरणहरु देखेको थियो । तर ती छोरा छोरीहरुले आफ्नो प्यारो जन्मभूमिको यथार्ततालाई आत्मसात नगरे पछि वास्तवमा छट्पटी सिवाय अरु के नै पाउन सक्छ र । यो सुन्दर गाउँले धेरै डाक्टर जन्माइन् तर आफू नै रक्त अल्पताको विरामी परेर थला परिन् इन्जीनियरहरु जन्माइन् तर घर आँगनहरुमा खेलौनाका गाडीहरु बाहेक अरु केहि देख्न पाइनन् । कृषि विज्ञहरु जन्माइन तर धान कोदो र मकै भन्दा नयाँ चिजको उत्पादन देख्न पाइनन् । देशको लागी नै योजना बनाउने विद्वानहरु जन्माइन् तर आफ्नै घर परिवारको विकासको लागि योजनाका चोइटाहरु पाइनन् । शिक्षा क्षेत्रमा होनाहार व्यक्तित्वहरु जन्माइन् तर आफू नै त्यहि शिक्षाको ओझेलमा परेर छटपटाइरहिन् । यो गाउँ आज रेडियो र टि।भीका श्रव्य दृष्यहरु हेरे मात्र वस्न विवस भएको छ । अखवारका पानाहरुमा विश्वका धनी राष्ट्रहरुको प्रगति पढ्न मात्र पाएको छ । तर आफ्नो हजारौं छोरा छोरीहरुको भनौं अथवा पढेर मुर्ख बनेका सन्तानहरुको कुनै पनि कोसेलीहरु चाख्न पाएको छैन । के भूगोलका कुनै पनि भू भागले आफ्ना सन्तानको पौरखको फल चाख्ने आशा गर्दैन र आज हामीहरु इतिहासको यथार्ततालाई कुल्चेर भनौ या िढंडो र गुन्द्रुकको स्वादहरुलाई भुलेर रङ्गीन दुनियाँमा हराइरहेका छौं । हुस्की र ब्राण्डीको नशामा तारे होटेलमा बसेर यहि तारे होटलमा बस्ने हैसियत बनाउने गाउँलाई नै गिज्याइरहेका छौं । त्यसैले आदरणीय महामहिमहरु त्यो सुन्दर गाउँले आफ्नो लागि गरेको लगानीको व्याज नदिए पनि सावाँ चािहं अवस्य पनि चुक्ता गर्नु पर्छ । साथै यस सुन्दर गाउँको सन्नतीहरुको स्वार्थी प्रवृत्ति विरुद्ध धर्ती माताले धिक्कारका स्वरहरु अलापी रहेकी छिन् । त्यसैले सुन्दर र स्वच्छ बस्तीका प्रतिष्ठितहरु स्वदेश विदेश जहाँभए पनि आफ्नो जन्म भूमिको रुवाइलाई खुशीमा परिणत गर्नको लागि आ-आफ्नो क्षेत्रबाट सुक्ष्म योजनाहरु बनाएर प्यारो जन्मभूमि जानको लागि झोलाहरुमा आमालाई दिने मसलाको पोकाहरुको साथ साथै गाउँको विकासको पोको पनि बनाएर आउँदा कसो होला ।

1 comment:

  1. मन पर्यो, लेख्दै गर है.
    भौतिक शरीर टाढा भए पनि मन तेतै तेरस्या बनमै काफल खाएको, बुडोचौरमा गिन्दारी झारेको क्षण को ओरिपरी नै छ .
    साएद अबा बेला हुंदैछ, बिकासको बेलून बिस्तारै फुक्दै छ तर धीमा गतिमा, आश गरऔ अब गति बड्नेछ. अन्त बाट आएको मसलाको पोको फुकौने हैन, तेही रोपने हो, तेस्को लागी चाहिने चेतना र योजना मात्रै लेराउने हो.

    ReplyDelete