-विकास ढकाल
धेरै भयो हर्मीका खबरहरु नलेखेको पनि फेसबुकमा फाट्टफुट्ट अपडेट गरे पनि ब्लगमा पोष्ट नगरेको त निकै महिना नै भैसकेको छ । केहि अर्थपूर्ण खबरहरु भएको बेला फेसबुक मार्फत त सेयर गरेको थिए नै तर ब्लगमा भने सामान्य समाचार पोष्ट नगरिएकै हो ।
यो विचमा तपाइ मेरा शुभ चिन्तकहरुलाई कटुवाले कता हरायो भन्ने पनि लागेको हुन सक्छ । अझ कतिपयले त सोच्नु पनि भयो होला , यसले छाडिदियो यी सब कामहरु गर्न । सायद रहरेको खहरे पुगेर त होला ,कत्तिको अनुमान ठायाक्कै यस्तै पनि त थियो होला । बरु केहि ठिला हुन सक्ला तर परिस्थितिले साथ दिदा सम्म यो कामबाट हात नधुने प्रण गरेको छु मैले । कुनै पनि कामको शुरुवात अन्त्य हुनको लागी होइन ,रोकिनको लागी पनि होइन ,अझ विश्राम लिनको लागी त झन् हुदै हैन । एउटा अर्थ पूर्ण यात्राका लागी नै शुरु भएका थिए कामहरु अनि तीनले विस्तारै आफ्नो बाटो पक्ढिएका पनि छन् नै । भलै यो अभियानको रुप ,रङ्ग ,प्रकि्रया, रुपान्तरित हुन पुग्ला वा सक्ला ,तर यात्रा निरन्तर जारि छ । अझ त्यसमा सुनमा सुगन्ध थपेको छ तपाई पि्रय शुभन्चिकहरुबाट प्राप्त प्रतिकि्रया हौसला र प्रेरणाले ।
आफ्नो जन्म भूमिको माया कसलाई पो हुदैन र त्यहि रहदा यानिकी थातथलोमै रहदा बस्दा त्यति वास्ता र चासो दुबै नहोला सबै सबैलाई र त्यो स्वभाविकै पनि हो । तर गाम छाडेको दिन देखि भने हरेक ब्यक्तिमा सदैब मनमा गामको हुटहुटि रहन शुरु हुन्छ । मेरो यो काम तीनै सबै सबै गाम बाहिर रहेका हर्मेलीको हुटहुटिलाई केहि भने पनि मत्थर पारौ भन्ने हो । र आफूले प्राप्त गरेको जानकारीहरु सबै सँग सेयर गरौ भन्ने नै हो । भनिन्छ नि ज्ञान गुनका कुरा जति बाड्यो त्यति बढ्छ रे ,तर सेयर गरेका सबै कुरा ज्ञान गुनका नहुन पनि सक्छन् । तर तीनले हामी सबै हर्मेली मनहरुलाई प्रत्यक्ष परोक्ष प्रभाव त पारिरहेका हुन्छन् नै । सबैको जिज्ञासा प्राय सधै एउटै रहने गर्छ यदा कदा समाजिक संजालहरुमा भेट हुदा के छ हर्मीको नयाँ खबर । कुनै कुनै बेला त मित्रहरु एकै दिनमा दुइ चार पटक पनि सोध्ने गर्नु हुन्छ हर्मीको खबर । उहाँहरुले मलाई खबर र गतिविधिहरु सोध्नुलाई अन्यथ्ाा मान्दिन म ,किनकी उहाँहरुले मलाई जुन विश्वासका साथ सोध्नु हुन्छ खोज्नु हुन्छ त्यस प्रति सम्मान छ मेरो ,तर खबर सधै म सँग हुदैन ,खबर भए पनि म सेयर गर्न असमर्थ नहन सक्ने अवस्थामा पनि त हुन सक्छु कुनै बेला , त्यो कुरा चाहि हजुरहरुले पनि मनन् गरिदिए राम्रो हुने थियो कि । आखिर खवर बनाउने कसले हो ? कस्ता चिजलाई नयाँ खबर भन्ने ? कस्तालाई खबर भन्ने ? कस्तालाई नभन्ने ? यी सवालहरुको प्रश्नहरुका उत्तर खोज्नु पर्ने दिन पनि त आउला भविष्यमा । परिवर्तनका बाहक को हुनु पर्छ ? त्यो पनि त एउटा मनन् योग्य बिषय हुन सक्ला ।
आज पानी पर्यो ,आज घाम लाग्यो भन्ने खाले खबरहरुले दिर्घकालीन महत्व राख्दैनन् र क्षणिकताका लागी हुन् ती त्यसैले हाम्रो उदेश्य भनेको दिर्घकालीन महत्व राख्ने अर्थपूर्ण समाचार र जानकारीहरु सेयर गरौ भन्ने नै हो , सेयर नै गर्ने हो भने त दिनकै दर्जनौ समाचारहरु हुन्छ् गाम ठामका चिया चौतारी र पधेरीको गफमा मसला राख्ने हो भने त झन् कत्ति हो कत्ति । कहिले काहि त लाग्छ हामीलाई भुलाई राख्ने र जहाँ पायो त्यहि खुलाई राख्ने पनि तीनै चिजहरु हुन् । त्यसैले त्यस्ता खबरले स्थान नपाउन पनि सक्छन् जहि तहि । तर पाउन पनि सकछन् कुनै बिन्दुमा ,कुनै कोणमा र कुनै कुनै प्रसङ्गमा ,सबै कुरो सबै ठाउँमा गर्न पनि त मिल्दैन नि आखिर । यो कुरा अहिलेलाई यत्ति नै ।
हर्मी एउटा पि्रय नाम ,अनि पि्रय ठाम ,अझ धेरै त पि्रय सपना लाग्छ मलाई । तपाईलाई के लाग्छ कुन्नि त्यो त म जान्दिन कसको मनमा को पो पस्न अनि बस्न सक्छ र ? सबैको आफ्नो विचार र धारणा निमार्ण गर्ने अधिकार आफैमा निहित रहेको हुन्छ , त्यसैले यसबारे धारणा बनाउने काम पनि तपाइकै पोल्टामा ।
कुनै पनि विचार र विषयवस्तु माथिको छलफल अनि बहसले नै हो आखिर एउटा अर्थपूर्ण उपलब्धि र निष्कर्षमा पुग्न सकिने । तर कहिले काँहि यो काम ठप्प भइदिदा अझ भनौ धिमे हुँदा ,एउटा मौनताले अगाडीको बाटोमा अन्यौलता जन्माउँन पुग्छ र कतिपय अवस्थामा पश्चाताप पनि । कुराहरु जति गरे पनि सकिदैनन् आखिर बाटो पनि त जति हिडे पनि लगत्तै लक्ष्यमा पुग्न सकिदैन नि ,तर त्सो भन्दैमा के बन्द गरिदिने त मुख ? थकाइ मारेर बसिरहने त चौतारीमा ? मौन वस्नु र लगातार थकाइमार्नुले पनि फेरी साइड इफेक्ट बोकि आउँछ । नबोले मुख गनाउँछ र लगातार सितल छहारीमा बसिरहदा खुट्टा झमझमाउन पनि सक्छ । मौनताले उब्जाउने खुसि हुदै होइन ,त्यसो भन्दैमा फेरि सबै मौनताहरुले दुख बोकेर आउँछन् भन्ने पनि होइन । मह काड्नुको मज्जा हात चाट्नेलाई मात्र थाहा हुन्छ ,अनि बाटो नहिडी नथाइ मार्नुमा पनि त्यति मज्जा नहुन सक्छ । अझ् भारि नबोकी टिटटिट परिना काडेको पनि त सुहाउँदै सुहाउँदैन नि । मुहारमा गुलाबी चमक कायम राखिराख्न त सबै सबैले भुल्नु भएन नि नाभि गाडेको माटोलाई र सबै सबै सन्ततिहरुलाई प्रगतिको राजमार्गमा हेलिदिने गोरेटो बाटोलाई । गन्थनहरु जति गरे पनि यस्तै हो । कुरो र कुलो ठाम पाए सम्म जति पनि लम्बिन सक्छन् । तर कुरो यो पनि हो कि गन्थनहरु मन्थनको अवस्थामा पुगे भने बल्ल मज्जा आउँछ । अरु कुरा यत्तिमै बिट मारौ अहिलेलाई ।
बाटो अझै धेरै छ हिड्नु पर्ने र बिसौनि पनि धरै नै छन् थकाइमा मारेर सुस्ताउँनु पर्ने । धेरै समयको अन्तराल पछि गन्थन मन्थन लेख्न बसेको छु ब्यगको लागी आज । त्यहि पनि अलिक नयाँ शैलिमा कस्तो लाग्छ तपाइलाई प्रतिक्रया पाए हसर्ित हुने थिए ।
समाचार लेख्ने यानिकी खबर सम्प्रेषण गर्ने औपचारीक उल्टो पिरामिड र 5W1H शैलि भन्दा केहि फरक तरिकाले हर्मीका पछिल्ला बर्षका प्रगति ,उन्नति ,अघोगति र केहि सपना अनि विपनाको विश्लेषणात्मक प्याकेज बनाउने रहर जागेर आएको छ । र गर्दैछु पनि त्यसै म । यो बिचमा खारखोला ,चेपे र भुसुन्डिमा धेरै पानी बगेको छ। कहिले भेल आयो त कहिले बाढि ती खोलाहरुमा । त्यो भेल बाढि र पानी जस्तै हामी पनि फेरिएका छौ हामी हिड्ने बाटो र जन्मेको माटो पनि फेरिएको छ यहि अन्तरालमा । कति परिर्वन हामीले चाहेर सम्भब भएको छ ,भने कत्ति नचाएरै पनि । कत्ति प्रगति पत्यार मानेर भएको छ भने ,कत्ति पत्यार नमान्दा नमान्दै पनि भएको छ । त्यसैले यी सबै सबै कुराहरुलाई औपचारिक भन्दा पनि अनौपचारिक भाषा र शैलिमा न्यारेटिभ पाराले एउटा डायरी जस्तै गरि विषयगत सव हेडिङमा लेख्ने निधो गरेको छु मैले । आशा छ तपाइले ती सामाग्रीहरु पढ्दा भिन्न अनूभूति गर्नु हुने छ पक्कै पनि । र लेख्नु हुनेछ केहि प्रतिकि्रयाहरु पनि अवश्य नै ।
ती डायरीहरु सेयर गर्दै जानु पूर्व बाधिँएको भूमिका हो यो ।
डायरीको शुरुवात मैलै (शिक्षा )सब हेडिङ मा लेख्न लागेको छु पहिलो डायरीको शिर्षक छ - के सम्भब होला ? कमजोर जगले बलियो घर ?
No comments:
Post a Comment