हर्मी , बैसाख
सामुदायिक रेडियो हर्मी १०५ ४ मेगाहर्जको पहिलो बार्षिक साधारण सभा रेडियोको प्रशारण केन्द्र नेवार डाडा हर्मीमा गत चैत्र २९गते सम्पन्न भएको छ । सो साधारण सभाले सामुदायिक रेडियो हर्मीलाई ग्रामिण भेगका जनाताको शसक्त संचार माध्यम बनाउनको लागी विभिन्न निर्णयहरु गरेको छ ।
साधारण सभाले पुरानो कार्य समितिलाई पुर्नगठन गरि नयाँ समितिको गठन गर्नुका साथै अन्य उपसमितिहरु समेत गठन गरेको छ । पुर्नगठित कार्य समितिमा जनार्दन ढकाल अध्यक्ष , रेमेश सापकोटा र कृष्ण बहादुर न्यौपाने उपाध्यक्ष , इश्वरी प्रसाद ढकाल सचिब , राम प्रसाद अधिकारी कोषाध्यक्ष त्यसैगरि सदस्यहरुमा लोकनाथ वाग्ले , रामहरि ढकाल , ऋषिराम ढकाल , विमला अधिकारी प्रतिनिधि जनज्योति समूह ,अमृत प्रसाद पहराजुलि र रामचन्द्र ढकाल रहेका छन् ।
त्यसै गरि साधारण सभाले डा कृष्ण प्रसाद ढकालको अध्यक्षतामा ८ सदस्य सहितको सल्लाहकार समिति , रमेश सापकोटको अध्यक्षतामा ७ सदस्य सहितको काठमाडौ समिति , राम प्रसाद अधिकारीको अध्यक्षतामा १० सदस्य सहितको कार्यक्रम समिति , ऋषिराम ढकालको अध्यक्षतामा ८ सदस्य सहितको जन सम्पर्क तथा बजार समिति र इश्वरी प्र ढकालको अध्यक्षतामा ७ सदस्य सहितको प्राविधिक सहयोग समिति पनि गठन गर्ने निर्णय भएको छ ।
No comments:
Post a Comment