ढकाल बन्धुहरुको कुल पुजा सम्पन्न
हर्मी विगतका वर्षहरुमा झन्ड झुन्डमा गरिदै आएको हर्मीका उपमन्यु गोत्रका ढकालहरुको कुलपुजा यस पटक भने गत पुस ६ गते बृहत रुपमा गरिएको छ । हर्मी भन्ज्याङ नजिकै रहेको सारङे गाह्रोमा बनाइएको नयाँ मन्डपमा पुजा कार्य सम्पन्न भएको हो । यस पटकको पुजामा हर्मी र आसपासका १५१ घर धुरि ढकाल बन्धुहरुको सहभागीता रहेको ढकाल सेवा समाजका अध्यक्ष चन्द्र कान्त ढकालले जानकारी दिनुभएको छ । विगतमा महिलाहरुको उपस्थिति नगराइने पुजामा यस पटक महिला तथा कुटुम्बलाई पनि प्रबेश दिइएको थियो । नाच गान र भजन कृतन समेत समाबेश गरिएको पुजामा करिब ५ सय जनाको सहभागीता रहेको थियो ।
हेमराज स्मृति काब्य लोर्कापर्ण छलफल र वाचन
हर्मीका एक अग्रज समाज सेवि हेमराज ढकालको स्मृतिमा कवि विजय राज न्यौपाने द्धारा लिखित हेममराज स्मृति काब्यको लोर्कापर्ण कार्य सम्पन्न भएको छ । महेन्द्र लीला उच्च मावि प्राङगणमा आयोजित एक कार्यक्रमका विच कृतिको लोकापर्ण गरिएको हो । त्यसै गरि स्वर्गिय हेमराज ढकालको निवास हर्मी भन्ज्याङमा पुस ६ गते साँझ गाँउलेहरुका माझ कवि विजय न्यौपाने स्वयम्ले स्मृति काब्यका स्लोकहरु वाचन गर्नुभएकेा थियो ।
No comments:
Post a Comment