शुभविजया दशमी २०६७ को अबसर पारेर असोज ३० गते महानबमिका दिन विज्ञान प्रा वि हर्मिमा पुस्तक हस्तान्तरण कार्य सम्पन्न भएको छ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन ज्योती ढकालको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमा रु २० ह्जार रुपैयाँ वरावरको पुस्तकहरु विद्यालयको पुस्तकालयको लागि हस्तन्तरण गरिएको थियो ।हाल काठमाडौमा बसेर काव्य माध्यमिक स्कूल, बानेश्वरमा कक्षा ५ मा पढ्ने हर्मि ८ का रसिक ढकालले आफ्नो परिवार सँग जापानमा बस्दा खाजा खर्चबाट बचाएर एक एक सिक्का गर्दै खुत्रुके मा जम्मा गरेको रु १०००० र उनकै परिवार बुवा रविन्द्र प्रसाद र आमा भिमाले थपिदिएको १०००० गरि जम्मा २० हजार रुपैयाँ वरावरका कितावहरु विद्यालयलाई प्रदान गरेका हुन् । रसिकलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले कार्यक्रमका अतिथि तथा रसिकका मामा जीवन ढुङ्गानाले रु २०००० रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गर्नु भएको थियो । त्यस्तै कार्यकैक्रममा उपस्थित विदेशि पाहुनाको तर्फवाट २ हजार रुपैयाँ प्राप्त भएको थियो । यसरी रसिक र उनका आफन्त मिलेर शुरु गरेको यो अभियानमा हाल सम्म ४२ ह्जार जम्म्मा भएको छ । कार्यक्रममा जम्म्ाा भएको पैसाले निकट भविष्यमै किताब किनेर विद्यायलयलाई दिने प्रतिबद्धता रसिकका बुवा रबिन्द्रले गर्नु भयो साथै उहाँले रसिक यस्तो काम गर्न कसरि प्रेरित गए भन्ने कथा पनि सुनाउनु भएको थियो ।
कार्यक्रममा आफ्नो भनाई खाख्ने क्रममा रसिकले भने म छुटिका बेला बाबा आमा सँग यहु आएको थिए र एक दिन यो स्कुलमा आए मैले पढ्ने जापनको स्कुल र हाम्रो गाउँको स्कुलमा धेरै फरक पाए जापानको मेरो स्कुलमा पढ्ने पुस्तक र खेल्ने सामान धेरै थिए तर म जस्तै धेरै साथिहरु विना लाइबेरी स्कुलमा पढिरहेको देखे र जापान गएर पैसा जाम्मा गर्न थाले अनि बाबा र ममिले पनि सगाउँनु भो , मैले चकलेट खाने पैसाले किताब किनिदिएको छु सँगै पढौ ल ..... ।


No comments:
Post a Comment