आसोज ३०
उत्पती युवा क्लब पात्लेपानीले विजया दशमीको अवसरमा गत असोज २८ गते पात्लेपानीको बाङेपिपलमा प्रतियोतितात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा हर्मी र आसपासका ५ वटा युवा क्लबको सहभागीता रहेको थिायो । स्थानिय केदार थापाले सभापतित्व गर्नु भएको कार्यक्रममा माओवादि हर्मी इन्चार्ज इश्वरी प्रसाद ढकालले प्रमुख आतित्थ्ता ग्रहण गर्नु भएको थियो । साँस्कृतिक कार्यक्रमका बिच स्थानिय बुदिजिवि दिपेन्द्र खड्का र रेडियो हर्मीका विकास ढकालले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । उत्पती क्लबले पात्लेपानीमा पहिलो पटक आयोजना गरेको सो कार्यक्रममा स्थानिय कला र संस्कृति झल्कने गित सङगित प्रस्तुत गरिएका थिए । प्रतियोगितामा नवलपुर युवा क्लब हर्मी ६ले प्रथम दिप ज्योति युवा क्लब हर्मी ३ ले दितिय र नव चौतारी युवा क्लब भन्ज्याङले तृतिय स्थान हाँसिल गरेका थिए । युवा वर्गलाई सृजनात्मक काममा लाग्न प्ररित गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको उत्पती युवा क्लबका अध्यक्ष मनिष थापाले आवर हर्मीलाई जानकारी दिएका छन् ।

No comments:
Post a Comment