Wednesday, April 14, 2010

हर्मी ,हेमराज र म

-विकास ढकाल


स्व. हेमराज

(हर्मीमा जन्मिएर आफ्नो जीवन नै सामाजिक हितका विभिन्न कार्यहरुमा समर्पित गर्नु भएका हर्मी र आसपासका क्षेत्रका एक अग्रज अभिभावक तथा चर्तित समाजसेवि ब्यक्तित्व हजुवुवा स्व. हेमराज ढकालको स्मृतिमा उहाँ प्रति नै समर्मित)

महशुस गर्दै छु म
पिडा बोध यो क्षण बाँच्नुको
असमर्थ छु म फेर्न
अस्तित्वको स्वास
धिक्कार लागेर आउँछ
कहिले काहि त यो
दुई दिन चोला देखि नै
बेअर्थको ब्यस्तता र दैनिकि देखि
जीन्दगीको गित गाँउन त
सिक्नु पर्ने थियो
हेमराजको लयमा
बामे सर्न त जान्नु पर्ने थियो
हेमराजको बाटोमा
तर अहँ रत्तिभर सकिन हेमराज
तिम्रो लयमा गाउँन
र तिम्रो बाटोमा हिड्न
म उभिएको यो भूगोल
अनि कथित सभ्यता
मलाइ मात्र आफ्नो लागी बाँच्न
दबाबको ढयाङो ढोकिरहेछ
ठेलिरहेरहन्छ
फन्को मार्न<
सिर्फ आफ्नै पदचापको वरिपरि
कमान्डरको आदेश पालक एउटा
निरिह लाचार सिपाहि मेरो जीन्दगी
नाघ्न असमर्थ छु म
जैरे सामाजिक मूल्य मान्यताले कोरिदिएको
लक्ष्मण रेखा


हेमराज इमान्दारिताका दरौदि
र ,विश्वासका सिरानचोक
एक महापुरुष
समाजका लागी
एउटा दर्शन उसको जीवन गाथा
ज्ााे स्वाभिमान गिराएर बाँच्न चाहेन
कलङकित चेहेरामा
हाँस्न चाहेन
आफ्ना लागी भन्दा ज्यादा
अरुका लागी बाँच्यो
जीवन र मृत्युको
दोसाँधमा छट्पटाउँदा पनि यो हर्मीको दिपले
छाडेन बाँड्न धिपधिप उज्यालो


तर अफरोच अनेकौ उपमा पाएर
एउटा िसंगो युग हाँकेर बाँचेको
पि्रय ब्यक्ति
क्रमश प्रार्थिब शरिर हुदै
रुपान्तरित भयो पन्चतत्वमा
उदेकलाग्दो जन्म
लिएर आएको समग्र समाजको अभिभावक
हेमराज गुउँदाको यो पल
आँशुको भेल छ भुसुन्डि र खारखोलामा
हर्मीकोट सँगै अग्लिएको
एउटा विचार
चम्पावति सँगै बगेको
पवित्रताको बासना
अब केवल घुम्छ स्मृतिको चर्खामा
नमिठो समाचार बोकेर अचानक
काग कराउँदा दैला अगाडि
आकाश खसेर हर्मीको टाउकोमा बज्रेको क्षण
हर्मीले एक अभिभावक गुमायो
धुमाउने चौताराले चिसो बतास
ठानिस्वाँराले आफुनो अन्न दाता
सामाजिक गुठिहरुले कुशल मार्गदशक
गुमाए -एकै पटक


स्याम स्वेत फोटा जस्ता
बोट बुट्यान र फूलहरु
लुला लङगडा
पाटि पौवा र पाठशालाहरु
सुनसान
कौसि आँगनी र मेलापातहरु
निरस निरस
विहान र साँझहरु
नियालिरहेछु म
तिम्रो स्पर्शमा हुर्किएका
जह्रा भाचिएका रुखहरु
धागो चुडेको चङा जस्तो भएको छ
हर्मी यो प्रहर
कहिल्यै क्षणिकतामा नरम्ने
हेमराजको रिक्तताको खाडल
पुर्न तम्सेन कोहि ?
कुमालेको अनुपस्थितिमा
कसले कुद्ला खै?
माटोमा कलाका आकृतिहरु

सुनेथेँ मान्छे त्यसै मान्छे बन्दैन
आखिर यहि नै रहेछ सत्य
अन्यौलताको भूमरीमा
घरि यता घरि उता
उडिरहेछु म हावाको झोक्काले
दोबाटोमा उभिएर
नियालिरहे छ ु स्थिर समयको गति
भित्ते घडिमा
चकमन्न मध्यरातमा
कता कताबाट सुन्छु म हेमराजको
आवाज
तिमी कुन बाटोमा हिडिरहेछौ ?
मौनताको मुकुन्डो लगाएको
मेरो लाचार आकृति
प्रतिविमवित छ
सामुन्नेमा झुन्डिराखेको एउटा
ऐनामा ...

1 comment:

  1. after reading this poem, i am so nervous. Dear MAMA...........

    ReplyDelete