नयाँ वर्ष पराहार पनि आयो ,पोहोर पनि आयो र आउँदैछ अहिले पनि ।
बर्ष नयाँ आए पनि हाम्रा बानी , ब्यहोरा र चाल ढङहरु फेरिएका छैनन् कत्ति पनि।
पुरानै मानसिकता र कार्यशैलिलाई मनमा बास दिएर आखिर नयाँ बर्ष मनाउँनुको अर्थ के ?
सत्ताको घोडामा बसेर लगाम समात्नेहरुलाई देख्दा त ..झन् घिक्कार लागेर आउँछ । अनि एक्लै एक्लै घोत्लिदा निष्कर्ष निकाल्न पुग्छु ।
नयाँ बिहानीमा पनि लाली उस्तै अझै
फेरिएका पुजारी छन् थाली उस्तै अझै
आशा गरौ यो नयाँ बर्ष २०६७ वितेका वर्षहरु जस्तो रहने छैन । पखालेर लाने छ यो वर्षले निष्चय नै पुराना आनी बानीहरु सबैका ।
शुभकामना छ यहाँहरुलाई नव वर्षको फलुन् फुलुन् अन्तर मनका सपनाका कोपिलाहरु
जोडन पाइयोस् नयाँ नाता यहाँहरु सबै सगँ सामुदायिक रेडियो हर्मीको तरङ मार्फत ।
फैलाउन सकियोस् आवर हर्मी डट कमको जह्रा दूर दूर सम्म पनि ।
मेरा सबै साथिभाई ,इष्टमित्र ,मान्यजनका साथै आवर हर्मीका सम्पूर्ण पाठक तथा शुभ चिन्तकहरुलाई नयाँ वर्षको हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु ।
विकास ढकाल
हर्मी , गोरखा
No comments:
Post a Comment