Wednesday, April 7, 2010

हेमराज स्मृति काब्य विमोचित


हेमराज स्मृति काब्यको आवरण

काठमाडौ ,चैत्र २२
गोरखा जिल्लाको हर्मीमा जन्मिएर आफ्नो िसंगो जीवन नै सामाजिक हितका विभिन्न कार्यहरुमा समर्पित गर्नु भएका हर्मी र आसपासका क्षेत्रका एक अग्रज अभिभावक तथा चर्तित समाजसेवि ब्यक्तित्व स्व हेमराज ढकालको स्मृतिमा उहाँका ज्वाई कवि विजयराज न्यौपाने द्धारा लिखित हेमराज स्मृति काब्यको प्रा डा बासुदेब त्रिपाठिले चैत्र २० गते काठमाडौमा विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
स्व हेमराजका छोराहरु द्धारा आफ्ना प्यारा बुवा र आमाको नाम स्थापना गरिएको हेम यम कल्याणकारी संस्थाले उक्त पुस्तकको प्रकाशन तथा कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रममा थुप्रै हर्मेली स्व हेमराज ढकालका आफन्त जन तथा आसपासका ठाउँबाट काठमाडौमा आई बसोबास गर्ने शुभेच्छुकहरुको उपस्थिति रेहेको थियो । हेम यम कल्याणकारी संस्थाका अध्यक्ष हरि प्रसाद ढकालले कार्यक्रमको सभापतित्व र जनार्दन ढकालले आयोजकको तर्फबाट स्वागत मन्तब्य प्रस्तुत गर्नु भएको थियो । विमोचित पुसतकको बारेमा प्राध्यापक कोष राज न्यौपाने ,मुक्तिनाथ न्यौपाने ,डा देवि प्रसाद सुबेदि र विकास ढकालले समिक्षात्मक टिप्पणि राख्नु भएको थिायो । स्व हेमराज ढकालको ब्यक्तित्व र सामाजिक छविका बारेमा जीवन ज्योति ढकाल, माधव मरहठा ,केशब मरहठा लगायतले प्रकास पार्नु भएको थियो ।
कार्यक्रमका अन्य अथितिहरुमा केशव मरहाठा , डा कृष्ण प्रसाद ढकाल र प्राध्यापक सिताराम अधिकारी रहनुभएको थियो । पुस्तक विमोचन पश्चात स्व हेमराजकी नातिनि सरिता न्यौपानेले पुस्तक भित्रबाट र विकास ढकालले आफैले रचना गरेर स्व हेमराजको बारेमा कविता सुनाउँदा कार्यक्रम स्थलमा सन्नाटा छाएको थियो ।

हेमराज स्मृति काब्यबाट केहि महत्व उत्कृष्ट श्लोकहरु ------

वसन्तको झैं सरि एक बोट
त्यो भेष दौरा सुरुवाल कोट
सन्देश सादापन उच्च भाव
छोडेर अल्प्यौ अब हेमराज

गयौ कहाँ छौ किन हुन्न राज
देखिन्न ठूलाघर हेमराज
हर्मी र आँपीपल गाउँ भित्र
थियौ सबैका पि्रय पात्र मित्र

थियो उज्यालो मुहुडा खुलेको
रिजाइ सारा दुँनिया हिँडेको

देखिन्न ठूला घरमा जहान
खुल्दैन ढोका घरको बिहान
बजेन घण्टा अनि शंख साँझ
छैनौ कि ठूला घर हेमराज

बस्यो गरालो नखुली तगारो
रित्तै छ हेर्दा घरको भकारो
यो गाउँ रित्तो किन लाग्छ आज
छैनौ कि ठूला घर हेमराज

सारा धुरिन्थे घर त्यै छ रित्तो
चरक्क चक्र्यो मनको नि भित्तो

ती पाठशाला जनस्वास्थ्य भन्दा
छोडे घटाए घर काम धन्दा

तिमी थिएनौ तर यत्रतत्र
थियौ तिमी नै दिल पत्रपत्र
-------------

No comments:

Post a Comment