Thursday, March 18, 2010

अब त बुढो भैसक्यो बाङगे पनि


बाङगे ४ बर्ष अघि , फोटो: बत्सल ढकाल

बाङगे २०६६ फागुनमा ,फोटो :बिकाश ढकाल
हामिले देखे देखिको जस्ताको जस्तै लाग्ने बाङगे पछिल्लो पटक खिचिएको फोटोमा धेरै बूढो देखिको छ । उसको थात थलो खोप्लाङको फलाम खानि हो । तर बर्षौ अघि देखि उ हर्मी भन्ज्याङमा बस्दै आएको छ र यस वरपरका सबैको पि्रय बनेको छ । फलाम खानीको एउटा पोखरेल अपाङ लाटोको नाम कसरी बाङगे रहन पुग्यो खासै कुनै तथ्य छैन तर पनि धेरै जना उसका खुटा बाङगा भएकाले बाङगे भएको पनि भन्छन् । आँपपिपलमा मिसन अस्पताल छदा त्यहाँ आउने विदेशिहरु बिच पनि निकै पि्रय थियो बाङगे मलाई लाग्छ अहिले गाउँ बाहिर बस्ने धरैले बाङगेलाई मिस गरिखाखेका छन् । त्यसैले यो फोटो पोष्ट गर्न सान्र्दभिक ठाने ।

No comments:

Post a Comment