Saturday, January 23, 2010

चन्दा उठाएर सडक खने जनाताले

पाण्डेगाउँ हर्मी माघ ५
सधै भरि सरकारी मुख ताक्ने चलनको अन्त्य गर्दै हर्मी गाविस वडा न १ र २ का जनताहरुले गाउँमै चन्दा संकलन गरि पौष अन्तिम साता मोटर बाटो निमार्ण गरेका छन् ।

चन्दा उठाएको करिब २लाख रुपैयाले गाँउलेहरुले पाण्डे गाँउ देखि भुवने बगैचा सम्मको करिब ३ किलो मिटर सडक निमार्ण गरेका हुन् । गाउँ देखि खेत हुदै चेपे नदि सम्म बाटो निमार्ण गरे पछि हिउँदमा बाली नाली भित्रायाउन र खोलाबाट गिटि बालुवा लगायतका निमार्ण सामाग्री ओसार्न सजिलो हओस भनेर नै बाटो खनिएको स्थानिय बासिन्दाको भनाई छ । उता चेपे खोला सम्म बाटो बने पछि छिमेकि जिल्ला लमजुङको चर्कतिर्थ गाविसको सडक चेपे सम्मै निमार्ण भएकाले अब देखि हिउँदका महिनामा गाडिहरु वारीपारि ओहोर दोहोर गर्न सक्ने भएका छन् । गाँउलेहरुको सकि्रयतामा प्रति ब्यक्ति न्यूनतम सय रुपैया देखि ४ हजार सम्म चन्दा संकलन गरि निमार्ण कार्य हाललाई सकिएको र केहि समय पछि यो सडकलाई ज्यामिरे फाट सम्म विस्तार गर्ने लक्ष्य लिएर काम गरिएको बयापानि बाट नातिकाजी मियाँले आवर हर्मीलाई जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment