Saturday, January 2, 2010

हर्मी सेरोफेरोमा सत्संग कार्यक्रम सम्पन्न

हर्मी ,पौष १०
गत पौष ४ गते हमीै भन्ज्याङमा रहेको हरिहर मन्दिर परिसरमा हर्मीमा रहेका भक्तहरुको आयोजनामा बृहत सत्संग कार्यक्रम सम्पन्न भएको छ ।
उक्त सत्संग कार्यक्रममा नेपाल मानब धर्म सेवा समिति केन्द्रिय कार्यालयबाट माहात्मा निवासानन्द कास्कि आश्रमबाट लता बादिजी र निर्मला बाहिजीका साथै भक्ति संगितका कलाकार र स्थानिय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो । सो अबसरमा बाहिरबाट आएका माहात्मा र बाहिजीेहरुले प्रवचन दिनु भएको थियो भने स्थानिय र अतिथि कलाकाहरुले भजन प्रस्तुत गरेका थिए ।
त्यसै गरि पौष ५ गते आँपपिपल गाविसको सिम्पानी ६ गत हर्मीकॊ घिमिरे गाउँ अनि ७ गते हर्मीकै पराजुली गाउँमा पनि सत्संग कार्यक्रम सफलता पु्रर्बक सम्पन्न भएको नेपाल मानब धर्म सेवा समिति हर्मीका भक्त बाबुराम सापकोटाले आवर हर्मीलाई जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment