हर्मी ,माघ १
सडक मर्मत हुन नसकेर पुप्रै ठाउँमा सडक नराम्ररी भत्किए पछि यातायात ब्यवसायिहरुले बस चलाउन आनाकानी गरेर खोप्लाङ आँपपिपलको सिम्पानी हुदै हर्मी सम्म संचालन हुने बस सेवा अनियमित भए पछि हर्मी आँपपिपल र खोप्लाङका जनताहरुले पन्थडिहि कटहरे हर्मी सडक खण्ड मर्मत गरेका छन् ।
गत माघ १ गते यी ती गाविसका लगभग ३ सय पचास जनताहरु सडक मर्मतमा गागि परेका हुन् । जानकारहरुका अनुसार यति धेरै जनताहरु एकै पटक सडक निमार्णमा खटिएको यो पहिलो कार्य हो । यस अघि कहिल्लै पनि यस्तो उत्साह जनक सहभागिता नरहेको सहभागिहरुले बताएका छन् । हर्मीको घिमिरे गाउँ ,हर्मी भन्ज्याङ ,सापकोटा गाउँ , आँपपिपलको सिम्पानी, रातडाडा ,लागायतका ठाउँका जनताहरुले खोलाहरुमा पानी तर्काउने खाल्डा खुल्डी पुर्ने लगायतका मान्छेले गरेर हुने सम्मको मर्मत कार्य गरेका थिए ।
गत बर्ष निमार्ण भइ संचालनमा आएको यो सडक ट्रयाक मात्र भएकाले साधुरो र खोलामा कल्भर्ट नहुदा गाडी चलाउन गाह्रो परेको यातायता ब्यवसायिहरु बताउँछन् । जनताहरुले सडक मर्मत गरे पनि जोडर लगाएर पुन मर्मत नगरे सम्म यतायात संचालन गर्न समस्या हुने देखिन्छ । बाटोकै कारण देखाउदै बस सेवा नियमित गराउन नसकेको बताउने यातायात ब्यवसायिहरुले केहि हद सम्म भए पनि बाटो अवस्था सुधि्रए पनि अझै सम्म पनि हर्मीको बस सेवा नियमित गराएका छैनन् । ब्यबसायिहरुले पौष अन्तिम साता बाट एक हप्ता सम्म हर्मी हुदै थालाजुङ सम्म काठमाडौबाट सिदा बस सेवा संचालन गरेकोमा हाल सो सेवा स्थगित गरेका छन् ।
No comments:
Post a Comment