थालजुङ
सदाका बर्षहरुमा जस्तै यसपालिको हरिबोधनि एकादसिका दिन पनि चम्पावति नदि किनारामा रहेको बोक्सेरहमा हिजो जात्रा लागेको छ । सोहि ठाउँमा बिभिन्न स्थानबाट ल्याईएका फूलका डोरी तार्ने काम पनि सम्पन्न भयो । सो जात्रामा पूर्वि लमजुङका विभिन्न गाविस र गोरखाका हर्मी आँपपिपल छोप्राक लगायतका गाविसका मान्छेहरुको सहभागिता रहने गर्छ । हर्मी भन्ज्याङको लालि गुरास महिला समूहले पनि बाक्सेरहमा सामूहिक फूलको डोलि लगेर तारेको छ ।
तर यसपालिको जात्रामा अघिल्ला बर्षहरुमा जस्तो फूलको डोलि तार्नेहरु र रमितेको त्यति भिड भाड नदेखिएको जात्रा हेरेर फर्केका नरेन्द्र निमेषले आवर हर्मीलाई जानकारी दिएका छन् ।
No comments:
Post a Comment