Friday, October 30, 2009

हर्मीमा डोजर पुग्यो :यातायात संचालन गर्न सडक मर्मतको काम हुदै




हर्मी ,
कार्तिक 12
सडक विभाग अन्र्तगतको छेपेटारमा रहेको कार्यालयले कटहरे हर्मी भन्ज्याङ र हर्मी भन्ज्याङ देखि छोप्राकको मेल चौतारा खण्डको सडक मर्मत गर्न हर्मीमा डोजर पढाएको छ ।

गत बुधबार हर्मी आईपुगेको डोजरले विहिवार मेल चौतारा देखि हर्मी भन्ज्गाङ सम्मको सकक सम्याउने र घुम्ति फराकिलो बनाउने काम गरेको छ । शुक्रबार र शनिबार भने डोजरले हर्मी भन्ज्याङबाट कटहरे सम्म सडक सफा गर्ने हर्मीबाट प्राप्त खबरमा उल्लेख छ ।

गोरखा यातायात ब्यबसायि समितिले सडक सफा भएपछि गोरखार काठमाडौ दुखि कटहरे हर्मी चित्रे हुदै थालजुङ भच्चेक सम्म बस सेवा संचालन गर्न लागेको जनाएका्े छ । हर्मीको बाटो भएर अब दैनिक २ वटा बस भच्चेक जाने र आउने रुट मिलाईएको यातायात ब्यबसायिहरु बताउँछन् ।

No comments:

Post a Comment