Saturday, July 18, 2009

गोरखाका ५१ गाविसमा सडक पुग्यो

गोरखा , साउन-२ गएको आर्थिक वर्षभित्र गोरखा जिल्लाको अधिकांश गाउँ विकास समितिमा सडक पुगेको छ । जिल्लाको ६६ गाविस मध्य ५१ वटा गाविसहरुमा सडक साजाल विस्तार भएको छ । जिल्लाको क्षेत्र नंबर १ र २ का सबै गाविसहरुमा मोटर बाटो पुगेको छ भने तीन नंबर क्षेत्रको १५ वटा गाविसमा सडक पुग्न नसकेको ११ किलो छेपेटार वारपाक सडक आयोजना कार्यालयले जनाएको छ । क्षेत्र नंबर १ मा एउटा नगरपालिका १९ गाविस दुई नंबर क्षेत्रमा २० र तीन नंबर क्षेत्रमा २७ वटा गाविसहरु रहेका छन् । सबैभन्दा माथिल्लो क्षेत्रम पर्ने सिर्दिबास ल्हो प्रोक बिही चुाचेत सामागाउँ छेकम्पार केरौजा काशिगाउँ मान्बु उहिया गुम्दा लाप्राक लापु गाविसमा भने अझै मोटर बाटोले छुन सकेको छैन । भौगोलिक बिकटता र आर्थिक अभावका कारण सो क्षेत्रमा सडक निर्माण हुन नसकेको कार्यालयले जनाएको छ । पृथ्वीराजमार्गको बेनीघाटदेखि तीन नंबर क्षेत्रको मुख्य ब्यापारिक केन्द्र आरुघाट जोड्ने बेनीघाट-आरुघाट- आर्खेत मोटरबाटो निर्माण कार्य पनि गतवर्षदेखि सुरु भएको छ । यो आर्थिक बर्षपनि सो बाटोको लागि तीन करोड पचासलाख रुपियाँ बिनियोजन भएको छ । सडक बिभागले ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजनाले छेपेटारमा कार्यालय स्थापना गरेपछि जिल्लामा सडक विस्तार भएको कार्यालयका जिल्ला ईाजनियर गणेशबहादुर कँडेलले बताउनुभयो । २०६४ सालको असोजमा सडक योजनाको कार्यालय स्थापना भएपछि द्रुत रुपमा काम गरेकोले जिल्लाभरि सडक विस्तार भएको उहाँको भनाइ छ । कार्यालयले सडक विस्तार लगायत स्तरबृद्धि गर्ने काम पनि गरिरहेकोरेडियो गोरखाले जनाएको छ ।

1 comment:

  1. Sir, Namaskar,
    I read your blog which is very good. But if you write the news about whole Gorkha, that will very nice.

    I am also from Gorkha. I love to read more news about Gorkha as other people like to read.

    ReplyDelete