Saturday, April 4, 2015

स्वामित्व र अपनत्व ग्रहण गरिदिन हार्दिक अनुरोध

जय हर्मी : सम्पूर्ण हर्मी र आसपासका प्रियजनको हितमा जारि हामी हाम्रै भूमी हर्मीलाई सम्बृद्ध बनाउने अभियानमा जुटेका छौ । र यहाँहरु सबैलाई होस्टेमा हैसे गर्न निमन्त्रणा गर्न चाहन्छौ । २०५१ सालमा हाम्रा अग्रजहरु द्धारा स्थापना भई सामान्य रुपमा संचालन भैराखेको प्रगति वचत तथा ऋण सहकारी संस्थाका गतिविधिहरुलाई समयानुकुल व्यापक र अतयाधुनिक ढङले अगाडी बढाउने जिम्वेवारी नयाँ पुस्ताको काँधमा आएको छ । यस संस्थालाई संस्थागत तथा संरचनागत रुपमा सुटृढ बनाई यसले दिने सेवाहरुको विस्तार गर्दै लैजान केहि दिन अघि हर्मीमा सम्पन्न सहकारीको साधारण सभाले सहकारी संचालनको जिम्वेवारी युवाहरुलाई दिने निर्णय गरेको छ । त्यसैले यस संस्थालाई अगाडी बढाउन तपाईको सल्लाह र सुझावको् अपेक्षा राखेका छौ । यसका साथ साथै हामीले सहकारीको स्तर उन्नति गरि लागी तत्कालै संचालन गर्न लागेका कार्यक्रमहरु बँुदागत रुपमा प्रस्तुत गर्न चाहन्छौ । १) वचत तथा ऋणबाट स्तर उन्नति गरि यसलाई बहुउदेश्यीय सहकारी बनाउने । २) हाल कायम शेयरी पुँजिलाई बढाएर असार मसान्त सम्म २० लाख पुयाउने । ३) सहकारी मार्फत दैनिङ बैङकिङ सेवा संचालन गर्ने । त्यसका लागी हर्मीमा बैसाख महिनाको पहिलो हप्ताबाट र केहि महिना भित्रै काठमाडौ र यो वर्ष भित्रै चितवन र गोरखा बजारमा पनि काउन्टर संचालन गरि ABBS(Any Branch Banking Service ) प्रदान गर्ने । ४) आगामी आर्थिक वर्षबाट कार्यक्षेत्र र कारोवार बढाएर जिल्ला व्यापी बनाउने । ५)सहकारी मार्फत आगमी महिनाबाट हर्मी काउन्टर मार्फत रेमिटेन्स् सेवा उपलब्ध गराउने । ६)सहकारी कर्पोरेट एजेन्ट बनेर जीवन , निर्जिवन , कृषि र पशु बिमा कार्यक्रम संचालन गर्ने । ७)निम्न आय भएका स्थानिय वासिन्दा र वेरोजगार युवाहरुलाई लघु उद्यमी र स्वरोजगार बनाउन उत्पादन मुलक क्षेत्रमा लगानी गरि बजारिकरणमा समेत सघाउ पुर्याउने । ८)हर्मी र काठमाडौ बिच सिधा सम्पर्क कायम राख्न घरायसरी ,कृषिजन्य , लगायत दैनिक उपभोग्य समान र कागजातको कार्गो सेवा संचालन गर्ने । ९) गाउँ गाउँमा साना सहकारी र समूह मार्फत लघु वित्त कार्यक्रम संचालन गरि आर्थिक उपार्जन र आय आर्जनमा वृद्धि गराउने । त्यसैले हामी चाहन्छौ हरेक हर्मेली जनको यसमा स्वामित्व र अपनत्व होस् । हामी यहाँलाई यस संस्था सबैको र सबैका लागी बनाउने अभियानमा सरिक हुन अनि स्वामित्व र अपनत्व ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छौ । यहाँहरुले निम्न लिखित कार्यहरु मार्फत सहकारीलाई आफ्नो बनाउन सक्नु हुन्छ । १) सहकारीले प्रदान गर्ने वचत ऋण लगायत दैनिक बैङकिङ सेवा लिएर । २) रेमिटेन्स पठाएर प्राप्त गरेर , बिमा गराएर ३)यस संस्थाको अधिकृत पुँजि बढाउन सेयर सदस्यता लिएर । – हालका लागी प्रति सदस्यता २५० कित्ता बरावर रु २५,००० अनिवार्य गरि कायम गएिको छ । सके देखि मुनाफाको प्रतिफल लिन सेयर सदस्यता लिनुस् । नसके मेहनतको कमाई जोगाइ राख्न वचत गर्नुस् । उत्पादन सँग जोडिन र स्वरोजगार वन्न ऋण लिनुस । विदेशमा वसेर कमाउँदै हुनु हुन्छ भने घरमा रेमिटेन्स पठाउँनुस् । जोखिमको भयबाट मुक्त हुन र क्षतिपूर्ति पाउन बिमा गराउनुस् । विस्तृत जानकारीका लागी सम्पर्क । प्रगति वचत तथा ऋण सहकारी संस्था लिमिटेड –( प्रस्तावित वहुदेश्यीय सहकारी ), हर्मी ,गोरखा हर्मीमा ९८४६२५२४८५,९८४५८८३३५९ काठमाडौमा ९८५११४२३२७ , ९८४१५९५९६८,९८५१००६६७२, ९८५१०२९७८६, ९८४९११४८५० चितवनमा ९८४५०७५५२५ जय हर्मी जय सहकारी

No comments:

Post a Comment