Saturday, March 16, 2013

डेस्टिनेसन हर्मी (Destination Harmi)

पछिल्ला दिनहरुमा पन्थडिहि कटहरे हर्मी सडक ग्राभेल गर्ने काम धमाधम भैराखेको छ । यो आर्थिक बर्षमा हर्मी सम्म नै कटिङ कल्भट र रिटनिङवालको काम हुने जानकारी पनि प्राप्त भएको छ । तर रकम अपुग भएकाले ८ किलोमिटर सडक मात्र ग्राभेल हुने डेकेदारको भनाई छ । कुल १३.८ किमि सडकमा ८ किलोमिटर मात्र ग्राभेल गर्दा बिमिरे चौर वा चारसय फाँट सम्म मात्र भाभ्रेल हुने सडक कार्यालयको भनाई छ । साथै हर्मी सम्मको पुरै काम सक्न थप ३ करोड लाग्ने प्रारम्भिक अनुमान प्राविधिकहरुको छ अब थप रकम मागका लागी हामी सबै मिलेर सरकार गुहार्नु पर्ने आवश्यकता महसुस भएको छ यो पल ।

No comments:

Post a Comment